दाङ : दोस्रो चरणको कोरोना महामारीले अहिले सबैभन्दा पीडामा चिकित्सक तथा स्वास्थ्यकर्मी छन्। हुन त चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आपत विपतका बेला नै धेरै खट्ने गर्छन्। तर, उनीहरू अहिले महामारीका बेला जसरी ज्यान नै जोखिम राखेर काम गरेका छन्।यसरी खट्ने चिकित्सक र स्वास्थ्यकर्मीको दैनिक समस्यामा अस्पताल व्यवस्थापन र सम्बन्धित सरोकारवाला निकायले ध्यान नदिए उपचारमा कठिनाइ पर्न सक्ने देखिएको छ। हाल कम जनशक्ति महसुस भएका बेला उनीहरु बिरामी परे वा मानसिक तनावमा पर्दा पनि समस्या थपिन सक्छ।व्