दुर्घटनाका घाइतेको शल्यक्रिया गर्न रगत अभाव भएको सामाजिक सञ्जालमा आह्वान भएपछि जिल्लामा सर्वसाधारणले स्वस्फुर्त रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखा र लुम्बिनी मेडिकल कलेज प्रभासमार्फत् सर्वसाधारणहरुले घाइतेहरुको शीघ्र लाभको कामना गर्दै स्वस्फुर्त रक्तदान गरेका हुन् ।
काठमाडौँ- विश्व रक्तदाता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरूको आयोजनामा २०८० जेठ ३१ गते ७ जिल्लामा रक्तदान कार्यक्रम भएको छ। शान्ति
काभ्रे। प्रमुख दुई राजमार्ग, दुई ठुला अस्पताल तथा निजी अस्पतालहरु, डेँगु तथा अन्य विभिन्न रोगको महामारीका कारण आवश्यक पर्ने रगत अभाव हुन थालेपछि नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको अगुवाइमा विभिन्न संघ संस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गर्न थालेका छन् । पनौतीमा नवदुर्गा साकोसले आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । अरनिको र विपी […]
नेपालगञ्ज – नेपालगञ्ज कारागारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कारागारमा रहेका सुरक्षा प्रशासकदेखि कैदीबन्दीले रक्तदान गरेका छन्। कैदी बन्दीलाई दैनिकजसो नै रगत आवश्यक पर्ने र जिल्लामा रगतको कमी भएको पाइएपछि कारागार प्रशासनको संयोजनमा कैदी बन्दीले रक्तदान गरेका हुन्। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको विशेष उपस्थितिमा कारागारका जेलर रामकुमार सोनकर, प्रहरी इन्चार्ज सई नविनप्रसाद रिजाल, […]
गरिमा विकास बैंक १५औं वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले विभिन्न २१ जिल्लामा रहेका आफ्ना शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रम गरेको जनाएको छ । काठमाडौंमा सम्पन्न रक्तदानमा १,१५५ प्वाइन्ट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तरगत रक्तदान कार्यक्रमको […]
काठमाडौं (अस) । सिन्धु विकास बैंकले भदौ २५ गते रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको बाह्रौं वार्षिकोत्सव अवसरमा कर्पोरेट कार्यालय प्रांगणमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालकहरू, कर्मचारी, अन्य संघ–संस्थाका कर्मचारी तथा ग्राहकलगायत सर्वसाधारणले समेत रक्तदान गरेका थिए । रक्तदान गरेका सबैलाई प्रमाणपत्र प्रदान गरिएको बैंकले बताएको छ । बैंकले सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनसमेत गरी ५ जिल्लामा २४ शाखा, २ वटा सीमित बंैकिङ र सन्ध्याकालीन बैंकिङ सेवा दिँदै आएको छ ।
काठमाडौं (अस) । सबैको लघुवित्त वित्तीय संस्थाले स्थापना दिवस अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पाँचौं स्थापना दिवस अवसरमा असार २५ गते तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित सबैको लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय प्रांगणमा रक्तदान आयोजना गरिएको हो ।
कार्यक्रममा ३० जना रक्तदाताले ३० युनिट रक्तदान गरेको संस्थाले बताएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले रक्तदातालाई प्रमाणपत्र वितरण गरे ।
संस्थाले पाँचौं स्थापना दिवस अवसरमा लमजुङको बेंसीसहरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न वितरण गरेको छ । त्यसैगरी संस्थाका विभिन्न शाखाले समेत सामाजिक क्रियाकलाप सञ्चालन गरी स्थापना दिवस मनाए ।
संस्थाले ०७४ वैशाख २५ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको थियो भने ०७४ असार २५ गते राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त गरी ०७४ साल असार ३० गतेबाट विधिवत कारोबार सुरु गरेको हो । हाल संस्थाले ४२ जिल्लामा ७७ शाखा कार्यालय, ४ अनुगमन मुकाम, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ८३ वटा कार्यालयबाट ५३ हजार ७ सय ६९ घरधुरीमा सेवा दिँदै आएको छ । संस्थाको कर्जा लगानी ३ अर्ब ४५ करोड, बचत ९१ करोड १३ लाख रुपैयाँ रहेको छ ।
नयाँ भेरियन्टसहितको कोभिड कहरका कारण सिर्जित असहज परिस्थितिमा रगतको अभाव हुन नदिनका लागि समाजले आवश्यक सावधानीसहित रक्तदान कार्यक्रम आयोजना गरेको हो।...
शान्ति, मानव अधिकार, लोकतन्त्र एवं मानवीय सेवामा काम गर्ने उद्देश्यले स्थापना भएको मानव अधिकार तथा शान्ति समाजको २६ औँ स्थापना दिवसका अवसरमा १६ जिल्लामा सहयोगसहित रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
शान्ति समाज काठमाडौँ शाखाले तारकेश्वरस्थित नवजीवन परोपकार समाज र कागेश्वरी मनोहरास्थित ज्येष्ठ नागरिक आश्रमलाई खाद्य सामग्री सहयोग गरेको छ । समाज चितवन शाखाद्वारा आयोजित रक्तदानमा २५ र दाङ शाखाद्वारा आयोजित कार्यक्रममा १५ जनाले रक्तदान गर्नुभएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दाङ शाखाले मेट्रो अस्पताल अस्वारलाई एक ...