राष्ट्रियसभा सदस्यहरुले विभिन्न समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलवार बसेको राष्ट्रियसभाको शुन्य समयमा सांसदहरुले विभिन्न समसामयिक विषयवस्तुमाथि सरकारको ध्यानाकर्षण गराएका हुन् ।शुन्य समयमा बोल्दै सदस्य इन्दिरादेवी गौतमले कैदीबन्दीलाई राख्ने गरेको कारागार अत्यन्तै जीर्ण र जोखिममा रहेकोले कुनैपनि घटना हुनुभन्दा अघि त्यतातिर ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् । उनले नेपालमा आयो नुनमा आयोडिनको मात्रा अत्याधिक बढी रहेकोप्रति नागरिकहरु त्रसित रहेकोले वास्तविकता जानकारी गराउन सर