नेपाल एसबिआई बैंकको ऋणपत्र आजदेखि बिक्रि खुला, कति पाइन्छ ब्याज ?

नेपाल एसबिआई बैंकले असार २२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।३० लाख कित्ता मध्ये १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि र बाँकि १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट बिक्रि गरिने बैंकले जनाएको छ। यस ऋणपत्रमा सामुहिक लगनी कोषहरुले आवेदन दिएका छैनन् ।  ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा असार २६ र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ  ।  आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १२ लाखकित्तासम्मको लागि आवेदन दिन सकिने छ  ।५ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।  

सम्बन्धित सामग्री

नेपाल एसबिआई बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले साउन १८ गतेदेखि ३१ गतेसम्म विक्री गरेको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामको ऋणपत्र भदौ १० गते बाँडफाँट गरेको हो । बैंकले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ हजार रूपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको थियो । सर्वसाधारणका लागि छुट्याईएको १२ लाख कित्ता ऋणपत्र खरीदका लागि मागभन्दा बढी आवेदन परेकाले ४८ हजार ३४० कित्ता ऋणपत्र थप गरी व्यक्तिगत तवरबाट आवेदन दिएका आवेदकहरूमा १२ लाख ४८ हजार ३४० कित्ता ऋणपत्र बाँडफाँट गरिएको हो । कम्पनीले कुल १४ लाख १८ हजार ३६६ कित्ता ऋणपत्र बाँडफाँट गरिएको जानकारी दिएको हो । यो ऋणपत्र प्राप्त गर्ने लगानीकर्ताहरूले ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी प्राप्त गर्न सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस

नेपाल एसबिआई बैंकको ऋणपत्र आजसम्म मात्र विक्रीमा रहने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले साउन १८ गतेदेखि विक्रीमा ल्याएको ऋणपत्र आजसम्म मात्र विक्रीमा रहने भएको छ । बैंकले छिटो अवधि साउन २२ गतेभित्र सम्पूर्ण कित्ता विक्री नभएपछि अवधि थप गरेको थियो । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामको ऋणपत्र निष्कासन गरेको हो । बैंकले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको थियो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने जानकारी दिएको बैंकले बाँकी ४० प्रतिशत अर्थात् ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न लागेको हो । सर्वसाधारणतर्फको ऋणपत्रमध्ये ५ प्रतिशत दरको ४० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । कम्पनीले सर्वसाधारणमा ७ लाख ६० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमा ल्याएको हो । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी भने एनएमबि क्यापिटल लिमिटेडले पाएको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । बैंकले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल ए रेटिङ्ग प्रदान गरेको छ । यो ऋणपत्र प्राप्त गर्ने लगानीकर्ताहरूले ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी प्राप्त गर्न सक्नेछन् ।

छिटो अवधिभित्र बिकेन नेपाल एसबिआई बैंकको ऋणपत्र, निरन्तर विक्रीमै रहने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले साउन १८ गतेदेखि विक्रीमा ल्याएको ऋणपत्र छिटो अवधि साउन २२ गतेभित्र सम्पूर्ण कित्ता विक्री नभएपछि निरन्तर विक्रीमै रहने भएको छ । बैंकले छिटो अवधि साउन २२ गतेभित्र मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि साउन ३२ गतेसम्म विक्री लम्बिने जानकारी यसअघिकै सूचनामा दिएको थियो । यसर्थ ढिलो अवधि साउन ३२ गते अगावै मागबमोजिम आवेदन पर्न आएमा विक्री बन्द गर्ने जानकारी बैंकले दिएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामको ऋणपत्र निष्कासन गरेको हो । बैंकले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको थियो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने जानकारी दिएको बैंकले बाँकी ४० प्रतिशत अर्थात् ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न लागेको हो । सर्वसाधारणतर्फको ऋणपत्रमध्ये ५ प्रतिशत दरको ४० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । सर्वसाधारणमा ७ लाख ६० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमा ल्याएको हो । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी भने एनएमबि क्यापिटल लिमिटेडले पाएको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । बैंकले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल ए रेटिङ्ग प्रदान गरेको छ । यो ऋणपत्र प्राप्त गर्ने लगानीकर्ताहरूले ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी प्राप्त गर्न सक्नेछन् ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

साउन १८ गतेदेखि नेपाल एसबिआई बैंकको २ अर्ब बराबरको ऋणपत्र निष्कासन हुने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले साउन १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले नेपाल धितोपत्र बोर्डबाट प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको थियो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने जानकारी दिएको बैंकले बाँकी ४० प्रतिशत अर्थात् ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न लागेको हो । सर्वसाधारणतर्फको ऋणपत्रमध्ये ५ प्रतिशत दरको ४० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । सर्वसाधारणमा ७ लाख ६० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी भने एनएमबि क्यापिटल लिमिटेडले पाएको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । बैंकले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल ए रेटिङ्ग प्रदान गरेको छ । यो ऋणपत्र प्राप्त गर्ने लगानीकर्ताहरूले ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी प्राप्त गर्न सक्नेछन् । ऋणपत्र विक्री अवधि छिटोमा साउन २२ गतेसम्मका लागि तोकिएको छ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलोमा साउन ३२ गतेसम्म विक्री लम्बिनेछ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज

काठमाडमौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्र सूचीकरण खारेज गरेको छ । कम्पनीको माघ १९ गतेको पत्रानुसार बैंकबाट जारी गरिएको रू.४० करोड बराबरको ४ लाख कित्ता ८ प्रतिशत दरका ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०७९’ माघ २० गतेपछि परिपक्क भएकोले सो नामक ऋणपत्र आजदेखि खारेज गरिएको हो । उक्त ऋणपत्रको समयावधि समाप्त भएसँगै सम्बन्धित ऋणपत्रधनीहरूलाई साँवा र तिर्न बाँकी ब्याज रकम एकमुष्ठरूपमा भुक्तानी गर्न शुरु गरेको । बैंकका अनुसार माघ २१ गतेदेखि नेपाल एसबिआई बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयबाट उक्त रकम भुक्तानी गर्न शुरु गरेको जानकारी दिएको छ । ऋणपत्रधनीहरूले ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी लिन आउँदा आफ्नो सम्पूर्ण प्रमाणपत्रसँगै ब्याज भुक्तानी पुर्जाहरूको सक्कल प्रति अनिवार्य रूपमा पेश गर्नुपर्ने बैंकको भनाइ छ ।