भरतपुर अस्पतालमा पनि घट्न थाले कोभिडका बिरामी

चितवनस्थित भरतपुर अस्पतालमा कोभिड १९ का बिरामी घट्न थालेका छन्। गएको तीन दिनदेखि कोभिडका बिरामी विस्तारै घट्न थालेको अस्पतालले जनाएको छ।

सम्बन्धित सामग्री

कोभिडका बिरामी घट्दै

रुपन्देहीमा कोभिड–१९ को  सङ्क्रमण दर  घट्न थालेपछि  जनजीवन  सामान्य  बन्दै  गएको  छ । सङ्क्रमित भएकामध्ये  पनि अधिकांश  घरमै आइसोलेसनमा  बसेर  निको हुने गरेका  छन् । रुपन्देहीका अस्पतालहरूमा कोभिड सङ्क्रमित बिरामीको  सङ्ख्या  न्यून  देखिएको  छ  ।   पहिलो  र  दोस्रो  लहरका बेला सङ्क्रमणका कारण यहाँका अस्पताल भरि भराउ हुने गरेकोमा  अहिले भने अस्पतालमा गम्भीर  अवस्थाका बिरामी छैनन्  । सङ्...

शुक्रराज अस्पतालमा घट्न थाले कोभिडका बिरामी

सूचना अधिकारी गौतमले भने, ‘दुई साताअघि फिभर क्लिनीकमा आउनेको बिरामीको संख्या २५ भन्दा बढी हुन्थ्यो। अहिले २० भन्दा कम छन्। अघिल्लो हप्ताको बिहीबार र  शुक्ररबारको चापलाई हेर्दा कम भएको देखिन्छ।’

शुक्रराज अस्पतालमा घट्न थाले कोभिडका बिरामी

सूचना अधिकारी गौतमले भने, ‘दुई साताअघि फिभर क्लिनीकमा आउनेको बिरामीको संख्या २५ भन्दा बढी हुन्थ्यो। अहिले २० भन्दा कम छन्। अघिल्लो हप्ताको बिहीबार र  शुक्ररबारको चापलाई हेर्दा कम भएको देखिन्छ।’

काठमाडौं उपत्यकाको अस्पतालमा नन कोभिडका बिरामी उपचारका लागि जाने क्रम बढ्दै

कोरोनाको संक्रमण दर घट्न थालेपछि हाल अस्पतालहरुमा नन कोभिडका बिरामीहरुको संख्या बढ्न थालेको छ। काठमाडौं उपत्यकाको विभिन्न अस्पतालहरुमा हाल ओपिडीमा उपचार गर्न पुग्ने बिरामीहरुको संख्या बढ्न थालेको हो।

काठमाडौं उपत्यकाको अस्पतालमा नन कोभिडका बिरामी उपचारका लागि जाने क्रम बढ्दै

कोरोनाको संक्रमण दर घट्न थालेपछि हाल अस्पतालहरुमा नन कोभिडका बिरामीहरुको संख्या बढ्न थालेको छ। काठमाडौं उपत्यकाको विभिन्न अस्पतालहरुमा हाल ओपिडीमा उपचार गर्न पुग्ने बिरामीहरुको संख्या बढ्न थालेको हो।

स्व-अनुशासनमा जोड दिंदै यी दुई ओटा जिल्लाले लागू गरेनन् निषेधाज्ञा

जेठ ८, काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमण नियन्त्रणमा मुलुक नै केन्द्रित छ । प्राप्त विवरणमा शनिवारसम्म ७५ जिल्लाले निषेधाज्ञा जारी गरी अत्यावश्यक बाहेकका गतिविधि रोक्दै संक्रमण तोड्ने प्रयास गरिरहेका छन् । त्यसबाट केही सकारात्मक परिणाम देखिए पनि अझै संक्रमणदर नियन्त्रणमा आशातित उपलब्धि हुन सकिरहेको छैन । अहिले पनि दैनिक झण्डै आठ हजारको हाराहारीमा संक्रमित फेला परिरहेका छन् । निको हुने दरमा केही वृद्धि भइरहे पनि मृत्युदर अझै घट्न सकिरहेको छैन । मुलुकमा दैनिक १५० भन्दा माथि नै मानिसको ज्यान गइरहेको छ । कोरोनाको दोस्रो लहरको फैलँदो क्रमसँगै त्यसलाई नियन्त्रणका लागि निषेधको आदेश जारी गर्ने क्रम शुरु भएको एक महीना नाघ्यो । मुलुकका ७७ मध्ये दुई जिल्लाले अझै आदेश जारी नगरी नियन्त्रणको प्रयास गरिरहेका छन् ।  आदेश जारी नगरी नियन्त्रणको काम गरिरहेको जिल्ला तेह्रथुमले पनि शनिवार बिहानदेखि यही जेठ १४ गते राति १२ बजेसम्मका लागि जिल्लाभर नै निषेधाज्ञा लगाइसकेको छ ।  अब आदेश जारी नगर्ने जिल्लामा ‘खोटाङ र मनाङ’ छन् । ति जिल्लाले पनि संक्रमण नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । उक्त जिल्लाका अधिकारीहरूले स्वअनुशासन र स्वआइसोलेशनलाई जोड दिएर नियन्त्रणको प्रयास जारी राखेको जानकारी गराएका छन् ।  दोस्रो लहरको कोरोनासँग वैशाख ७ गते बाग्लुङबाट निषेधको आदेश जारी गर्न शुरु गरिएको थियो । वैशाख १६ गतेपछि यसरी आदेश जारी गर्ने क्रम बढेको थियो ।  आदेशपछि यस्तो छ तेह्रथुमको प्रयास  लामो समयसम्म निषेधको आदेश जारी नगरी नियन्त्रणको प्रयासमा जुटेको तेह्रथुम जिल्ला अन्ततः निषेधाज्ञा जारी गर्न बाध्य भएको छ । संक्रमण दर बढ्दो क्रममा रहेकाले गएरातिदेखि आदशे लागू गरी कोभिड­१९ नियन्त्रणको काम भइरहेको प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले बताए । उक्त आदेश १४ गते रातिसम्मका लागि छ ।  त्यसपछि अवस्था हेरेर पुनःआदेश जारी गरिने छ । उनका अनुसार जिल्लामा कुल २२९ संक्रमितमध्ये ५३ जना निको भएका छन् । दुई जनाको मृत्यु भएको छ भने छ हाल सक्रिय संक्रमित १७४ छन् ।  ‘पहिलेदेखि नै सचेतना र सावधानी अपनाइएकाले संक्रमणको जालो तोड्न सकिएको छ, विगतदेखि नै स्थानीय तहसँग समन्वय गरी सचेतनामूलक काम भएरहेका छन्, ६ ओटा स्थानीयतहसँग राम्रो समन्वय पनि छ, त्यसैले अहिलेसम्म हामी सफल छौँ’, प्रजिअ भण्डारीले भने ।  उनका अनुसार जिल्ला अस्पतालमा २८ सहित जिल्लामा ५३ ओटा अक्सिजन सिलिण्डर छ । अस्पतालमा १० ओटा शय्याको आइसोलेशन सेन्टर छ भने थप १० वेडको बनाउँदै गरिएको छ ।जिल्लामा चार ओटा  अस्पतालमा ४८ ओटा शय्यामा कोभिडका बिरामी राख्न सकिने व्यवस्था मिलाइएको उनले बताए । अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट आएको जानकारी दिइएको छ । रासस