वामपन्थी एकताको दबाव दिन धनगढीमा संगीत अभियात्रा

धनगढी : धनगढीमा आज राष्ट्रका लागि संगीत अभियात्रा नामक कार्यक्रम सम्पन्न भएको छ। शनिवार धनगढीमा कम्युनिस्ट पार्टीका विभिन्न संगठनले उक्त कार्यक्रम गरेका हुन्।नेपालका सम्पूर्ण वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउन र कम्युनिस्ट एकताका लागि दबाव दिन जनसांगीतिक कार्यक्रम गरिएको बताइएको छ।उक्त कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (बहुमत) जनमोर्चा, मसाल लगायतका कम्युनिस्ट नेता तथा कार्यकर्ता सहभागी थिए।नेकपा एमालेका स्थायी कमिटी स

सम्बन्धित सामग्री

देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्छ : प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट जोगाउन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई स्थानीय तह निर्वाचनमा विजयी गराउनुपर्ने दोहोर्‍याएका छन् । सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभामा प्रचण्डले सत्तारुढ गठबन्धनलाई वामपन्थी र लोकतान्त्रिक शक्तिको मिलन भनी परिभाषित गरे । उनले भने, ‘हामी वामपन्थी र लोकतान्त्रिक पार्टीले झगडा गर्दाखेरि देश र जनताले […]

माधव नेपालको दाबी- गठबन्धन हुने भएपछि विरोधीको मुख चाउरिएको छ, दिमाग बिग्रेको छ

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलबीच चुनावी तालमेल हुने भएपछि जनतामा उत्साह थपिएको बताएका छन् । नेकपा एमालेतर्फ लक्षित गर्दै उनले त्यसले जनविरोधी शक्तिहरू छट्पटाउन थालेको दाबी गरे । ‘वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर चुनावमा जाने सहमति भएको छ । यसले जनतामा उत्साह थपेको छ,’ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष […]

वामपन्थी र लोकतान्त्रिक शक्ति चुनावमा मिलेर जाने सहमति भएको छ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपालले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले ‘उइन उइन’ को स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको र यो सहमतिले सकारात्मक सन्देश दिएको बताउनुभयो । अध्यक्ष नेपालले …

वामपन्थी र लोकतान्त्रिक शक्ति चुनावमा मिलेर जाने सहमति भएको छ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताएका छन् ।समाजवादी प्रेस सङ्गठन नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ‘उइन उइन’ को स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको र यो सहमतिले सकारात्मक सन्देश दिएको बताए ।अध्यक्ष नेपालले भने, “यो सहमतिले जनता पनि उत्साहित भएका छन् ।” उनले चुनावमा जाने कुराका सन्दर्भमा हाम्रो पार्टी सबैसँग तयार

ओलीसँग एकता र सहकार्यको कुनै सम्भावना छैनः माधव नेपाल

धनगढी– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीसँग एकता र सहकार्यको कुनै सम्भावना नरहेको बताएका छन्। उनले केपी ओलीबाहेक अरु जोसँग पनि सहकार्य गर्न सकिने बताए। आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेका समाजवादीका अध्यक्ष नेपालले केपी ओलीलाई प्रतिगामीको संज्ञा दिँदै भने, ‘प्रतिगामीविरुद्ध अग्रगमनकारीबीच आगामी स्थानीय निर्वाचनमा सहकार्य अर्थात तालमेल हुन्छ।’ उनले वामपन्थी […]

चुनावी तालमेलकाे सहमतिले जनता उत्साहित छन् : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वामपन्थी र लोकतान्त्रिक शक्तिले चुनावी तालमेल गर्ने सहमति भएपछि जनता उत्साहित भएको बताउनुभएको छ। समाजवादी प्रेस सङ्गठन नेपालले आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यो सहमतिले सकारात्मक सन्देश दिएको बताउनुभएको हो। उहाँले प्रतिगामीबाहेक सबैका लागि आफ्नो पार्टी खुला रहेको उल्लेख गर्नुभयो।

कैलालीमा पार्टी र जनवर्गीय संगठनको संयुक्त भेला, यस्ता छन् संघर्षका कार्यक्रम

धनगढी । केलालीमा राष्ट्रिय जनमोर्चा र सम्बद्ध जनवर्गीय संगठनहरुको संयुक्त भेला सम्पन्न भएको छ । भेलाले प्रतिनिधि सभाको पुनर्स्थापना, संघीयता खारेजी, भ्रष्टाचारको विरोध, राष्ट्रियता र गणतन्त्र रक्षाका लागि माघ महिनाभरी संघर्षका कार्यक्रम तय गरेको छ । घोषित कार्यक्रम अनुसार माघ ३ गतेदेखि १६ गतेसम्म विभिन्न स्थानीय तहमा दैनिक विरोध सभाको आयोजना गरिनेछ भने माघ १६ गते अत्तरियामा विशाल जनसभाको आयोजना गरिनेछ । माघ १७ देखि फागुन १ गतेसम्म संगठन निर्माणको योजना बनाइएको राजमो केन्द्रीय सदस्य एवम् सुदूर पश्चिम इन्चार्ज मनोज भट्टले जानकारी दिनुभयो । पुस २७ गते धनगढीमा पत्रकार सम्मेलन गरिन कार्यक्रमबारे आम जनतालाई जानकारी गराइनेछ भने माघ ३ गते फूलबारीमा उद्घाटन सभाको आयोजना गरिनेछ । यस्तै, ४ गते गदरिया, ५ गते जोशीपुर, ६ गते पथरैया, ७ गते लम्की, ८ गते सुख्खड, ९ गते चौमाला, १० गते कुचैनी, ११ गते स्याउलेबजार, १२ गते गोदावरीको ओलानी, १३ गते चौकिडाँडा, १४ गते राजपुर र १५ गते धनगढी हसनपुर पिपलचौतारामा विरोध सभाको आयोजना गरिने राजमो कैलालीले जनाएको छ । कार्यक्रमका दौरानमा दैनिक मसाल जुलुशको आयोजना गरिनेछ भने सम्भव भएसम्म दैनिक दुईवटा कोणसभा गरिनेछ । त्यस लगत्तै १७ गते सबै जनवर्गीय संगठनको संयुक्त बैठक बसी कार्यक्रमको समीक्षासँगै संगठन निर्माणलाई अघि बढाइनेछ । शनिबार सम्पन्न संयुक्त भेलाको उद्घाटन राजमो केन्द्रीय सदस्य मनोज भट्टले गर्नुभएको थियो भने जनवर्गीय संगठहरुको तर्फबाट जातीय समता समाजका केन्द्रीय सदस्य तिलक परियार, अखिल नेपाल महिला संघका केन्द्रीय सल्लाहकार चन्द्रबदन श्रेष्ठ, महिला संघका जिल्ला उपाध्यक्ष अञ्जना श्रेष्ठ, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला कोषाध्यक्ष शोभामणी भट्ट, अखिल (छैठौं) का जिल्ला अध्यक्ष जनक आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ वामपन्थी नेता आरसी भट्ट, राजमो केन्द्रीय सदस्य नन्दराज भट्ट, नेकपा (मसाल) जिल्ला प्रवक्ता मिलन शाही, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, राजमो केन्द्रीय सल्लाहकार शेरबहादुर विक, प्रदेश सदस्य लक्षीराम आचार्य, रक्तिमका बाबुराम आचार्य, शिक्षक संघका नरेश भट्ट, जनजाती सम्मेलनका खडक रानालगायत नेताहरुको आतिथ्यता रहेको थियो । राजमो ...