काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन् भने च्यासल मैदानमा एउटा खेल हुनेछ । च्यासल मैदानमा संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । सोही समयमा दशरथ रंगशालामा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । […]