इलाम : यस वर्षको शहीद स्मारक लिग आयोजना अन्योल हुँदा खेलाडीहरू चिन्तित छन्। पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फाले तोकिएको मितिमा लिग आयोजना गर्न नसक्दा खेलाडीहरू आफ्नो पीडा सामाजिक सञ्जालमार्फत पोखिरहेका छन्।राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टले लिगबारे गुनासो राखेको १ दिन नबित्दै मिडफिल्डर विशाल राईले समेत खेलाडीबारे एन्फा नेतृत्वलाई चिन्ता नरहेको बताएका छन्।राईले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै खेलाडी पलायन गराउने चाहना एन्फाले राखेको गुनासो पोखे। ‘लिग एन