दसैंमा उपभोग्य वस्तुको आयात बढ्यो

नेपालीहरूको महान् चाड दसैंमा उपभोग्य वस्तुको आयात ह्वात्तै बढेको छ। खाद्य वस्तु, लत्ताकपडादेखि घरायसी प्रयोगका सामानको आयात बढेको भन्सार विभागले जनाएको छ। यस्तै, पेट्रोल, डिजेल, एलपीजी ग्यास, गाडी, इलेक्ट्रोनिक सामान, सुनचाँदीको आयात पनि बढेको छ।  अघिल्लो महिनाको तुलनामा दसैंमा ७० प्रतिशतले आयात बढेको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिए।  खाद्यन्न, लुगाकपडा, माछा÷मासुसँगै नयाँ गाडी र इलेक्ट्रोनिक सामानहरूको खपत बढ्ने गरेको छ। अरू समयभन्दा दसैंमा नयाँ सामान जोड्ने र मीठो खाने प्रचलन छ। यसले...

सम्बन्धित सामग्री

निर्यात घट्यो तर आयात बढ्यो

काठमाडौँ : चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा देशमा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ बराबरको माल वस्तुको आयात गरेको छ।गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ९९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात १ दशमलव ६९ प्रतिशतले बढेको छ।भन्सार विभागले आज (आइतवार) सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार ३ महिनामा नेपालको निर्यात भने २ दशमलव २६ प्रतिशतले ओरालो लागेको छ। विभागका अनुसार सो अवधिमा नेपालबाट ४० अर्ब ८७ करोड

फर्निचर तथा काठको आयात बढ्यो

सरकारले वनजंगलबाट उत्पादन हुने काठजन्य सामग्रीमा कडाइ गर्दा फर्निचर तथा काठको आयात ह्वातै बढेको छ। मुलुकमा डलर सञ्चितिको अभाव भइरहेका बेला काठ, फर्निचर तथा फर्निसिङ सरसामानको आयात बढेकाले मुलुकबाट आर्थिक वर्ष २०७८/८१ मा मात्रै करिब १८ अर्ब रुपैयाँ विदेशिएको छ। नेपालका वनजंगलमा उत्पादन भइरहेको काठजन्य सामग्री भने कुहिँदै गइरहेको छ।भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७९ मा सात अर्ब ४४ करोड ७८ लाख ७९ हजार रुपैयाँको काठ आयात भएको थियो। त्यसै गरी सोही अवधिमा फर्निचरजन्य सामग्रीको आयात भने

सुन आयात बढ्यो

सरकारले आयात नियन्त्रण गर्दा पनि सुन आयातमा भने उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा नेपालमा ३५ अर्ब ७७ करोड मूल्य बराबरको ४ हजार ६ सय ३१ किलो सुन आयात भएको छ । गत आर्थिक वर्षको वैशाखसम्ममा २१ अर्ब २० करोड मूल्य बराबरको ३ हजार ३ किलो सुन नेपाल […]

रसुवागढी नाकाबाट आयात बढ्यो

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामाग्रीको आयात बढाईएको छ । नाकाबाट आयात बढाउन र चीनतर्फ निर्यातको व्यवस्था मिलाउनेबारे छलफल भए अनुसार यस साताबाट आयात बढाईएको हो । चिनियाँगढी नाकाबाट पाँच वटा थप गरि दैनिक चौध वटा गाडीबाट सामान आउन थालेको हो नाका पूर्ण रूपमा सञ्चालन गर्न नसकिएमा दैनिक आयात हुँदै आएको सामग्रीको मात्रा बढाउन नेपालतर्फबाट […]

वीरगन्ज नाकाबाट मोबाइल आयात बढ्यो

पर्सा : प्रविधिको प्रयोग र पारखीको आकर्षण चुलिएसँगै विदेशबाट हुने मोबाइलको आयात ह्वात्तै बढेको छ। मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज हुँदै चालु आवको साउनमा मोबाइल आयात बढेको हो। आयातित मोबाइल सबै टचस्क्रिन तथा बढी मूल्यका रहेका छन्। गत आव ०७७।०७८ साउनमा यो नाकाबाट जम्मा ५ हजार ४ सय २० मोबाइल आयात भएको थियो। तर चालु आव ०७८/७९ को साउनमा १ लाख ११ हजार ३ सय ८० मोबाइल नेपाल भित्रिएका छन्। खुल्ला सीमाको कारण अवैधानिक तवरबाट भित्रिने मोबाइलको संख्या यसमा समा

निजी गाडीको आयात बढ्यो

काठमाडौं, साउन २६ । गएको आर्थिक वर्ष (आव) २०७७/७८ मा अन्य व्यवसायमा नकारात्मक प्रभाव परे पनि अटोमोबाइलको व्यापार भने बढेको देखिएको छ । अटोमोबाइलभित्रै सार्वजनिक बससहित अन्य केही सेग्मेन्टको व्यापार खस्किए तापनि समग्र रूपमा भने अटोमोबाइलको बजार फस्टाएको देखिएको हो । यस आर्थिक वर्षमा दुईपांग्रे र चारपांग्रे गरी निजी प्रयोजनको यातायातका लागि प्रयोगमा आउने सवारीको […]

निजी गाडीको आयात बढ्यो

काठमाडौं । गएको आर्थिक वर्ष (आव) २०७७/७८ मा अन्य व्यवसायमा नकारात्मक प्रभाव परे पनि अटोमोबाइलको व्यापार भने बढेको देखिएको छ । अटोमोबाइलभित्रै सार्वजनिक बससहित अन्य केही सेग्मेन्टको व्यापार खस्किए तापनि समग्र रूपमा भने अटोमोबाइलको बजार फस्टाएको देखिएको हो । यस आर्थिक वर्षमा दुईपांग्रे र चारपांग्रे गरी निजी प्रयोजनको यातायातका लागि प्रयोगमा आउने सवारीको आयात ७० प्रतिशतले बढेको छ । जीप, कार, भ्यान र मोटरसाइकल तथा स्कुटरको आयातको तथ्यांक हेर्दा आव २०७६/७७ मा २ लाख ९ हजार ९ मात्रै रहेकोमा गएको आवमा उक्त संख्या बढेर ३ लाख ५५ हजार १८ पुगेको देखिन्छ । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अनुसार गएको वर्ष निजी प्रयोजनका जीप, कार, भ्यानको आयात आव २०७६/७७ मा १० हजार ९७२ रहेकोमा गएको आवमा उक्त आयात बढेर १४ हजार ८४७ मा पुगेको छ । यसैगरी दुईपांग्रेको हकमा ३ लाख ५५ हजार ८६७ मोटरसाइकल तथा स्कुटरको आयात भएको छ । यसको आयात अघिल्लो वर्ष १ लाख ९८ हजार ६२ मात्रै रहेको थियो । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले कोभिडपछि निजी सवारीको माग बढेको बताए । अघिल्लो वर्ष माघदेखि वैशाखसम्म मागअनुसार पूर्तिसम्म गर्न नसकिएकाले अग्रिम बुकिङ गरिएकोमा अन्य महीनामा पनि विक्री सामान्य बढेको देखिएको उनले बताए । ‘कोभिडपछि स्वास्थ्य सतर्कताका लागि भए पनि निजी सवारीप्रति आकर्षण बढेको देखिएको छ । यसले अटोमोबाइल अत्यावश्यक हो न कि विलासिताको साधन हो भन्ने प्रमाणित भएको छ,’ उनले भने, ‘कोभिड महामारीका कारण शोरूमसम्मै पुग्नेको संख्या थोरै भएपनि विस्तारै सोधपुछ गर्नेको संख्या बढ्दै गएको छ र सकारात्मक संकेत नै देखिएको छ ।’ गएको वर्ष निजी सवारीको विक्री बढेको देखिए पनि सार्वजनिक सवारीको माग भने ठप्पै देखिएको छ । उक्त वर्ष जम्मा २ सय ७९ ओटा मात्रै बस आयात भएका छन्, जबकि यो संख्या अघिल्लो वर्ष २ हजार ८३ रहेको थियो । कोभिड संक्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण वर्षभरि जस्तै सार्वजनिक यातायात ठप्प भएका कारण सार्वजनिक यातायात धराशयी भएको व्यवसायीहरू बताउँछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायात क्षेत्रका लागि गएको वर्ष अप्रिय भएको बताए । ‘व्यवसाय ठप्प भयो, लाखौं मजदूर बेरोजगार भए र राज्यले पनि व्यवसाय पुनःस्थापन तथा मजदूरको जीविकोपार्जनका लागि आवश्यक पहलकदमी गरेन,’ उनले भने । गतवर्ष कुल ४ लाख ७४ हजार ६७९ ओटा यातायातका साधन आयात भएका छन् । आव २०७६/७७ मा यो संख्या ३ लाख ७० हजार २३८ मात्रै रहेको थियो ।

पेट्रोलियम पदार्थको आयात बढ्यो

काठमाडौं । निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायात सञ्चालन हुन थालेसँगै पेट्रोलियम पदार्थको आयात बढेको छ । राजमार्गमा पेट्रोलबाट चल्ने सवारी साधनहरू चल्न थालेपछि पेट्रोल–डिजलको आयात बढ्न थालेको नेपाल आयल निगमले जनाएको छ । एक महिना अघि दैनिक बरौनीबाट ३३ वटा ट्यांकर पेट्रोल लिएर वीरगन्ज नाका आउँथ्यो । अहिले दैनिक ७० वटाभन्दा बढी पेट्रोल ट्यांकरहरु आइरहेको […]

सवारी साधनको आयात बढ्यो

कृष्णउदास खनाल, वीरगन्ज ।  चालू आर्थिक वर्ष २०७७-७८ को ११ महिनाको अवधिमा वीरगन्ज भन्सार नाकाबाट इन्धनको आयात भने बढेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिकको साउनदेखि जेठसम्ममा इन्धन र सवारी साधनको आयातमा मात्र करिब डेढ खर्ब रुपियाँ बाहिरिएको छ । यस अवधिमा १ खर्ब ४१ अर्ब १४ करोड रुपियाँको पेट्रोलियम पदार्थ र सवारी […]

बाइक र गाडीको आयात बढ्यो

काठमाडौं । पोहोर फागुन सुरुदेखि नै कोरोना संक्रमणको त्रास बढ्दा बिस्तार आर्थिक गतिविधिमा मन्दी छाएको थियो। अटोमोबिल व्यवसायीहरूले विभिन्न कम्पनीका गाडी झिकाए, ग्राहकको माग नै घट्यो। कोरोनाले निम्त्याएको संकटलाई ध्यानमा राख्दै सरकारले धेरै विदेशी मुद्रा बाहिरिने सवारीको आयातमा पनि कडाइ ग¥यो। अर्डर नै नभएपछि त्यसबेला उनीहरूले भन्सारमा आइपुगेका गाडी छुटाएका थिएनन् । त्यसबेला वीरगन्ज भन्सारको यार्ड गाडीले भरिएको थियो। लकडाउन हट्यो। त्रासकै बीच जनजीवन सामान्यतर्फ फर्किंदा मास्