पञ्चेश्वरका सडकमा मनपरि भाडादर, थाहा पाएर पनि उजुरी गर्दैनन् यात्रु

मंसिर ४, बैतडी । बैतडीका सबै स्थानीयतहले सडक निर्माण गर्न प्रतिस्पर्धा गरिरहेका छन् । सबै स्थानीयतहले कच्ची सडक निर्माण गरेका छन् । निर्माण गरिएका यी सडकमा यातायातका साधनले यात्रुहरुबाट मनपरि भाडा असुल्ने गर्दछन् ।  यात्रुहरुलाई मनपरि भाडा असुलेको थाहा हुँदापनि सम्बन्धित निकायसम्म भने उजुरी गर्दैनन् । यातायात समितिमा दर्ता भएका सवारी साधन हुन या दर्ता नभएका सवारीसाधन सबैले आफूखुसी भाडालिने गरेको यात्रुले गुनासो गरेका छन् ।  जिल्लाको पाटनदेखि कुलाउँसम्म निर्माण गरिएको पाटन पञ्चेश्वर सडक खण्डमा पनि मनपरि भाडा दिने गरेको यात्रुहरुको गुनासो बढिरहेको छ । सडक विभाग र बस व्यवसायि समितिले पाटन पञ्चेश्वर सडकमा पाटनदेखि मेलौली सम्ममात्र बस चल्ने अनुमती दिएको भएपनि बस व्यवसायिले आफ्नो जिम्मेवारीमा मेलौलीदेखि कुलाउँसम्म पनि बस सञ्चलान गरिरहेका छन् । यसरी अनुमती नदिएको सडकमा यातायात सञ्चालन गर्दा कुनै दूर्घटना हुँदा यात्रुले समितिबाट क्षतीपूर्ती पाउदैनन् । पाटनदेखि मेलौलीसम्म ३८ किलोमिटर सडक छ, जो कालोपत्र हुँदैछ । मेलौलीदेखि कुलाउँसम्म ४५ किमि कच्ची सडक छ । यस सडक खण्डमा बस सँगसँगै जीप पनि सञ्चालनमा रहेका छन् । घेरैजसो जीप व्यवसायिले रातो नम्बरप्लेट लगाएर यात्रुहरुलाई बोक्ने गर्दछन् । पाटनदेखि मेलौलीसम्म बसले ३५० रुपैयाँ लिन्छन् भने जीपहरुले ४०० रुपैयाँ लिने गरेका छन् । मेलौलीदेखि कुलाउँसम्म भने ५०० रुपैयाँ भाडा लिने गरेका छन् ।  ५०० रुपैयाँमा पनि विभिन्न बहाना गरेर बढी भाडा असुल्ने गर्दन् । यात्रु छैनन् कम यात्रुमा जादैनौ भनी जानेनै भए ५०० रुपैयाँ भन्दा बढि दिनु पर्छ भनी बढि असुल्ने गर्दछन् । पाटन पञ्चेश्वर सडकमा यातायात समितिमा दार्ता नभएका र निजी प्रयोगका लागि किनिएका रोतो नम्बर पलेटका जीपहरुलेनै मनपरि भाडा असुल्ने गर्दछन् । यस्तै अनुमति नपाएको सडकमा सञ्चालन गरिने बसहरुले पनि मनपरि भाडानै लिने गरेको पाईन्छ । यतायात सञ्चालनको पनि कुनै समयतालिका छैन् जसले यात्रु पायो त्यसैले सञ्चालन गर्ने हुँदा पनि मनपरि भाडा असुल्ने गरेका छन् । एक वर्ष अगाडि जिल्ला प्रशासनमा यातायात व्यवसायिको बैठक बसी भाडा निर्धारण गरिएको  थियो । बैठकले पक्की सडकमा प्रतिकिलोमिटर साढे तीन रुपैयाँ र कच्ची सडकमा प्रतिकिलोमिटर साढे सात रुपैयाँका दरले भाडा लिने र प्रत्येक सवारी साधनमा भाडादर उल्लेख गरेको रेटलिष्ट लगाउने सहमती भएको थियो । यसै अनुसारको भाडामा अहिले सरकारले बढाएको २८ प्रतिशत भाडा जोडेर लिनु पर्ने भएमा पनि यसको कुनै प्रवाह नै नगरी मनपरि तरिकाले भाडा लिइरहेका छन् ।  पाटनदेखि कुलाउँसम्म चल्ने वीसभन्दा बढि जीप भएपनि समितिमा दुई/ तीन ओटा मात्र दर्ता रहेको समितिले बताएको छ । यस सडकमा पवनदुत र महाकाली यातायात प्रालिले मात्र बस सञ्चालन गरेको छ । पाटन पञ्चेश्वर सडक खण्डामा मात्र नभई जिल्लाका अरु ग्रामीण सडकमा पनि यस्तै मनपरी भाडा लिने गरेको पाईन्छ । यात्रुहरु भाडा मनपरितरिकाले लिरहेका छन् भन्ने गुनासो एक आपसमा गर्ने भएपनि उजुरी नगरेको प्रहरीको भनाइ छ । अहिलेसम्म कुनैपनि यात्रुले आफूहरुसँग गुनासो नगरेको यातायात समितिले बताएको छ ।

सम्बन्धित सामग्री

न्यायाधीशविरुद्धकै उजुरी छिन्न ढिलाइ

परिषद्मा २९० न्यायाधीशविरुद्धका उजुरी छिन्न बाँकी छन्। कतिपय उजुरी चार वर्षदेखिका छन्।

कर्मचारीले नै उजुरी लेखिदिने

सर्लाही : जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सहज बनाउन आफ्नै कर्मचारीबाट निःशुल्करूपमा उजुरी लेखिदिने भएको छ। बाहिर लेखापढी गर्ने व्यक्तिबाट सेवाग्राहीले ठाडो उजुरी लेखाउँदा ठगिएको गुनासो आएपछि कार्यालयकै कर्मचारीबाट निःशुल्करूपमा लेखिदिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।उनका अनुसार आफ्नै कार्यालयका कर्मचारीबाटै बिनापैसा ठाडो उजुरी लेखिदिने व्यवस्था मिलाइएको हो। बाहिर लेखापढी गर्नेहरूसँग उजुरी लेखाउँदा  पाँच सयदेखि एक हजारसम्म लिने गरेको सेवाग्राहीबाट

बाँकेमा मिटरब्याजीविरुद्ध उजुरी

सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए।...

अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो, एक वर्षमा १,४३२ उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार लिखित उजुरी ५५७, हुलाकमार्फत २७२, इमेतमार्फत २५३, वेभसाइटमार्फत १९३, टेलिफोनमार्फत ८४, समाचारमार्फत ३६, फेसबुकमार्फत १०, भाइबरमार्फत २ र अन्य गरी २५ उजुरी परेका छन् । यसैगरी आयोगको कञ्चनपुरस्थित कार्यालयमा ९५, पोखरामा ७०, बुटवलमा ६७, नेपालगञ्जमा  ४१, बर्दिबासमा ९२, सुर्खेतमा ९४

गत आर्थिक वर्ष अख्तियारमा २४ हजार भन्दा बढी उजुरी, के मार्फत पर्छ धेरै उजुरी ?

आर्थिक वर्ष २०७८/७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी २४ हजार २४१ उजुरी परेका छन् । यीमध्ये १६ हजार १४८ नयाँ र ८ हजार ९३ वटा उजुरी अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट सरेर आएका हुन् । हरेक वर्ष अख्तियारमा भ्रष्टाचार सम्बन्धी हजारौंको संख्यामा उजुरी पर्ने गर्छ । उजुरीको स्रोत के हो त ? अख्तियारमा कसरी उजुरी पर्छ त ? अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार अख्तियारमा सबैभन्दा बढी उजुरी लिखित निवेदनमार्फत पर्ने गर्छ । आर्थिक वर्ष २०७८/७९ मा ४ हजार ४९५ वटा उजुरी लि

लमजुङका एक उम्मेदवारविरुद्ध उजुरी

लमजुङ– आसन्न स्थानीय तहको निर्वाचनका लागि लमजुङमा एक जनाको दाबी विरोधको उजुरी परेको छ । आज तोकिएको दाबी विरोधको उजुरी उपर जिल्लामा एउटा मात्र उजुरी परेको हो । जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका–६ मा नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदावर प्रकाश कतिलाविरुद्ध उजुरी परेको मर्स्याङ्दी गाउँपालिकाको निर्वाचन अधिकृत उदयराज काफ्लेले जानकारी दिए । उनले भने, ‘कतिला विरुद्धमा […]

लमजुङमा एमालेका उम्मेदवारविरुद्ध उजुरी

आसन्न स्थानीय तहको निर्वाचनका लागि लमजुङमा एक जनाको दाबी विरोधको उजुरी परेको छ । आज तोकिएको दाबी विरोधको उजुरी उपर जिल्लामा एउटा मात्र उजुरी परेको हो । जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ मा नेकपा (एमाले)बाट वडाध्यक्षका उम्मेदावर प्रकाश कतिलाविरुद्ध उजुरी परेको मस्र्याङ्दी गाउँपालिकाको निर्वाचन अधिकृत उदयराज काफ्लेले बताए । उनले भने, “कतिला विरुद्धमा नेपाली कांग्रेसबाट सोही वडामा वडाध्यक्षका उम्मेदावर मिनराशी गुरुङले दाबी विरोध उपर उजुरी दिएको छ ।” केही महिना अघि

उजुरी पेटिकामा पर्दैनन् उजुरी

अहिले सरकारी कार्यालयमा राखिएका उजुरी पेटिकामा उजुरी पर्दैनन् । सङ्घ, प्रदेश र स्थानीय तहका अधिकांश सरकारी कार्यालयमा राखिएका उजुरी पेटिका प्रायः रित्तै हुने गरेका छन् । कतिपय कार्यालयको गुनासो पेटिकामा भने माकुरा र बारुलाको राज हुने गरेको छ । गुनासो पेटिका खोल्दा प्रायः बाकस खाली पाइएको सम्बन्धित कार्यालयले जनाएका छन् ।काठमाडौँको बूूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले आफू निर्वाचित भएर आएको करिब पाँच वर्षमा उजुरी पेटिकामा एउटा पनि उजुरी नपरेको बताए। नागरिकले चित्त नबुझेको कुरा सीधै जनप्रत

३६७ जना प्रहरीविरुद्ध उजुरी

काठमाडौं, पुष १३ । गत साउनदेखि मंसिरसम्म कार्यसम्पादनमा प्रश्न उठाउँदै ३६७ जना प्रहरी कर्मचारीविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ । अनलाइन उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, हेलो सरकार लगायतमा उजुरी परेको हो । उजुरी परेकामध्ये १३८ वटा विषय अझै छानविनका क्रममा रहेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । २२९ वटा घटनाको छानबिन […]