काठमाडौँ– काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले चाबी बुझाएका छन् । आइतबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई व्यवसायीहरूले तालाचाबी बुझाएका हुन् । यसअघि बारम्बार ध्यानआकर्षण गराउँदा पनि सरकारले रात्रीकालीन व्यवसाय र दोहोरी साँझप्रति कुनै चासो नदेखाएको भन्दै उनीहरुले सरकारलाई नै आफ्नो व्यवसायको जिम्मा लगाएका हुन । ‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय […]