निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकताको जन्ममिति र मतदाता नामावलीको जन्ममिति फरक पर्नुमा छपाई गलती भएको प्रष्टिकरण दिंदै उहाँ उम्मेदवारी विरुद्ध परेको उजुरी खारेज गरिदिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको थियो । कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ …