नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक परेको भन्दै परेको उजुरीमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा त्यसको जवाफ पठाउनुभएको छ । प्रधानमन्त्री देउवाले पत्नी डा.आरजु राणा देउवामार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा उजुरीको जवाफ बुझाउनु भएको हो । मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाले मङ्गलबार बिहान साढे ११ बजे आफूबिरुद्धको उजुरीको प्रमाणसहित …