ललितपुर – ललितपुर महानगरपालिकाले पनि नियम विपरीत बनाइएका संरचना हटाउन सुरु गरेको छ । लगनखेलमा आफ्नै भवनमा नियम विपरीत बनाएको संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो ।
ठेक्कामा दिएको त्यो भवनमा फुटपाथसम्म ओगटेर नियम विपरीत क्वालिटी क्याफे सञ्चालनमा थियो । महानगरपालिकाले फुटपाथ ओगट्नेलाई पत्र नबुझाइ पनि कारबाही गर्न मिल्ने भएकाले नगर प्रहरीको टोलीले भत्काएको उहाँले जानकारी दिनुभयो । भोलि शनिवारदेखि भने निर्माण सामग्री राखेर सडकमा हिँड्न अप्ठ्या...