विराटनगर– कोशी प्रदेश सरकारको सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र तत्काल सरकारबाट नबाहिरिने भएको छ । कांग्रेससहितको पुरानो गठबन्धनसँग विद्रोह गर्दै कांग्रेसका ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा असोज २७ गते मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त भएका थिए । पछि माओवादी पनि सरकारमा सामेल भएको थियो । कार्की नेतृत्वको सरकार ढलेमा मध्यावधि चुनावमा जानुपर्ने […]
विराटनगर : नयाँ संविधान जारी भएको ८ वर्ष बितिसकेको छ। यो अवधिमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुईपटक भयो भने प्रदेशसभाको दोस्रो कार्यकालको निर्वाचन भएको पनि एक वर्ष पुगेको छ।केन्द्रको राजनीतिक फेरबदलको उल्झनमा अल्झिएको कोशी प्रदेशले कार्यकालको एक वर्षमा ३ जना मुख्यमन्त्री र २२ जना मन्त्री पाएको छ। यसअघि दुई पटक हिक्मतकुमार कार्की र दुई पटक उद्धव थापा मुख्यमन्त्री बनेका थिए। अहिले कोशी प्रदेशमा पहिलो कार्यकालसहित पाँचौँ मुख्यमन्त्रीको रुपमा केदार कार्की छन्। कोशी प्रदे
काठमाडौं,२० कार्तिक । नेकपा एमाले कोशी प्रदेश सभामा प्रतिपक्षी बेञ्चमा बसेको छ । आज बसेको प्रदेश सभाको बैठकमा एमाले प्रतिपक्षी बेञ्चमा बसेको हो । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारमा सामेल एमाले शनिबार मात्रै सरकारबाट बाहिरिएको थियो । आज बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन कायमै राख्ने र प्रतिपक्ष बेञ्चमा बस्ने निर्णय […]
विराटनगर : कोशी प्रदेशको मन्त्रिपरिषद विस्तार गर्न मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच छलफल भएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमवार मुख्यमन्त्री कार्की र एमालेका प्रमुख सचेतक भण्डारीबीच मन्त्रिपरिषद विस्तारबारे छलफल भएको हो। माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीमध्ये कुनै एकलाई सामेल गरेर मन्त्रिपरिषद विस्तार गर्नेबारे छलफल गरिएको एमालेका प्रदेश संसदीय दलका प्रमुख सचेतक भण्डारीले बताए। उनले सत्तारुढ गठबन्धन