काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को आयु लम्ब्याउन नहुने बताएका छन्। मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले संसद्को आयु लम्ब्याउने कुरा आजै संसद्बाट फिर्ता हुने बताएका हुन्।प्रमुख सचेतकहरूले केही प्राविधिक समस्याका कारण यस्तो सोचे पनि संसद्को आयु लम्ब्याउने दिशामा गठबन्धन नरहेको उनले स्पष्ट पारे। मंसिर ४ गतेको चुनावका लागि मनोनयनपछि संसद् नरहने बताए। उनले भने, ‘संशोधन