बझाङ – गएको साउन ३ गते तल्कोट गाउँपालिका ४ शाही बाडाकी २७ वर्षीया सङ्गीता सिंहले दुई वर्षको छोरासहित नदीमा हाम फाल्नुभयो । उहाँको अहिलेसम्म अत्तोपत्तो छैन । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाली सेना र उनका आफन्तले खोजी गरिरहेका छन् ।
त्यस्तै केही दिनअघि खप्तड छान्ना गाउँपालिका ७ की सुशीला रोकायाले आत्महत्या गर्नुभयो । उहाँका श्रीमान् र सासूविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साह मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) कमलराज चौधरीले ब...