सिमकोट – उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको हल्जी गाउँको विद्यालयमा विद्यार्थी बाक्लो च्यालक बख्खु लगाएर अध्ययन गर्न बाध्य भएका छन्। हिउँद लागेसँगै चिसो बढेका कारण विद्यालयको निर्णयअनुसार एउटै किसिमको उक्त बख्खुको व्यवस्था विद्यार्थीलाई गरिएको हो। लिमीका वडाध्यक्ष पाल्जोर तामाङले चिसो अत्यधिक बढेका कारण साना विद्यार्थीलाई चिसो हुन थालेपछि विद्यालय र अभिभावकको निर्णयअनुसार बाक्लो […]