संघीय सरकार मातहतका कर्मचारी प्रदेशमा बस्न नमान्दा प्रदेश सरकारको कार्यसञ्चालनमा समस्या देखिएको छ । प्रदेश स्थापना भएको साढे चार वर्षमा ५० भन्दा बढी सचिव फेरिएका छन् । बारम्बार सचिव फेरिँदा मन्त्रालय नै बेवारिसे जस्तो देखिएका छन् ।प्रदेश सरकार यतिबेला बजेट निर्माण गर्ने चटारोमा छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट निर्माण गरिरहँदा मन्त्रालयमा भने सचिवको अभाव छ । यो मन्त्रालयमा मात्रै साढे चार वर्षमा ६ जना सचिव फेरिएका छन् । ‘खै किन हो, प्रदेशमा कर्मचारी बस्नै मान्दैनन्, केही समय आए