ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा निर्माण गर्न लागिएको केबुलकार परियोजनाविरुद्ध रहेको पक्षले परियोजना खारेज गर्नुपर्ने माग गरेको छ। शनिबार परियोजनाविरुद्ध पाथीभरा क्षेत्रको काफ्लेपाटीमा विरोधमा रहेको पक्षले कोणसभा गर्दै केबुलकार खारेज गर्नुपर्ने माग गरेको हो।