राजीनामा दिन न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोलाई राष्ट्रपति बाइडेनको सुझाव

अमेरिकी राष्ट्रपति जो बाइडेनले विभिन्न महिलाहरुमाथि दुर्व्यवहारको आरोप लागेको न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले राजीनामा दिनु पर्ने माग गरेका छन् । स्वतन्त्र अनुसन्धानले गभर्नर गुओमोले विभिन्न महिलामाथि दुर्व्यवहार गरेको फेला पारेको थियो । राष्ट्रपति बाइडेनले कुओमोले राजीनामा दिनु पर्ने बताएका हुन् । न्यूयोर्ककी न्यायाधीवक्ता लेटिसा जेम्सलेले गभर्नर कुओमोले संघ तथा राज्यको कानून उल्लंघन गरेको बताएको केही […]

सम्बन्धित सामग्री

आर्थिक संकटपछि श्रीलंकाली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरुको समूह नियुक्त

चैत २४, कोलम्बो । श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेका छन् । श्रीलंकाली राष्ट्रपतिको कार्यालयले बिहीवार प्रकाशन गरेको एक विज्ञप्ति सो कुरा उल्लेख  छ । पछिल्लो समयमा श्रीलंकामा आर्थिक संकट परेको छ । सो संकटको समाधानका लागि उनले यो समूह नियुक्त गरेका हुन् ।         पछिल्ला केही दिनमा आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपतिले सो बुधवार राति सो विज्ञ समूह गठन गरेको उनको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।सो समूहमा श्रीलंकाको केन्द्रीय बैंकका पूर्व गभर्नर, विश्व वैंकका पूर्व प्रमुख अर्थशास्त्री र आईएमएफका पूर्व निर्देशक रहेका छन् । उनीहरुले श्रीलंकाली राष्ट्रपतिसँग यस विषयमा छलफल गर्न शुरु गरेका छन् ।          हाल आर्थिक संकटमा फसेको श्रीलंकाका अर्थमन्त्रीले यसअघि नै राजीनामा दिएका छन् । त्यसैगरी अन्य मन्त्रीहरुले पनि श्रीलंकाली राष्ट्रपतिसमक्ष सामूहिक राजीनामा दिएका छन् । श्रीलंकाको आर्थिक क्षेत्रका यी विज्ञहरुको सुझाव र सल्लाहबाट यस देशले आफूलाई आर्थिक संकटबाट बाहिर निकाल्न सकिन्छ कि भन्ने प्रयास गर्ने बताइएको छ ।            श्रीलंका आर्थिक संकटमा फसेकाले यसको विकास र उद्वारका लागि विभिन्न उपायहरुको खोजी गरिरहेका बेला श्रीलंकाली राष्ट्रपतिले नियुक्त गरेका ती विज्ञहरुबाट थप सहयोग पुग्ने अपेक्षा गरिएको यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।    रासस/ सिन्ह्वा

न्युयोर्कका गभर्नर कुमोमाथि यौन दुर्व्यवहारको आरोप, राजीनामा दिन बाइडेनको आग्रह

यौन दुर्व्यवहार घटनामा मुछिएको आरोप पछि न्युयोर्कका गभर्नर एन्ड्र्यु क्युमोलाई अमेरिकाका राष्ट्रपति जो बाइडेनले राजीनामा दिन सुझाव दिएका छन्। मंगलवार गभर्नर क्युमोमाथि ११ जना महिलालाई यौन दुर्व्यवहार गरेको रिपोर्ट बाहिरिएको हो। 'मलाई लाग्छ, उनले राजीनामा दिनुपर्छ,' मंगलवार दिउँसो वासिङ्टनमा प्रेस कन्फ्रेन्समा बाइडेनले भने। कुमोले वर्तमान र पूर्व कर्मचारीलाई कार्यालयमा दुर्व्यवहारजन्य…