सहकारीको व्याजदर बढाउन लविङ

बजारमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएसँगै सहकारीको व्याजदर बढाउन सञ्चालकहरूले लविङ थालेका छन् ।  सहकारी विभागले तोकेको सहकारी संस्थाहरूको ऋणको अधिकतम व्याजदरको सीमा सन्दर्भ व्याजदर १४.७५ प्रतिशतमा रहेर संस्था सञ्चालन गर्न गाह्रो भएको भन्दै पुनरावलोकन गर्न सञ्चालकहरूले दवाव दिएका हुन् ।  ‘अहिले बैंकहरूले बचतमै १४ /१५ प्रतिशत व्याजदर दिन थालिसकेका छन् । अब सहकारीलाई दुर्घटनाबाट बचाउने हो भने सन्दर्भ व्याजदरको सीमा बढाउनुपर्छ,’ जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलालले भने । आजको कारोबार...

सम्बन्धित सामग्री

सहकारीको व्याजदर बढाउन दवाव

ब्याजदर बढाउनु पर्ने माग राख्दै सहकारी सञ्चालकहरुले आन्दोलन गरेका छन् ।मंगलबार सहकारी विभाग अगाडि बचत तथा ऋण केन्द्रिय सहकारी महासंघसँग आवद्ध सहकारी सञ्चालकहरुले बैंक तथा वित्तीय संस्थाहरु जस्तै ब्याजदर बढाउन पाउनुपर्ने माग गदै आन्दोलन गरेका हुन । ब्याजदर निर्धारण समितिको बैठकमा ब्याजदर बढाउन दबाब स्वरुप सहकारी विभागलाई ध्यानाकर्षण गराउनको लागि आन्दोलन गरिएको बचत तथा ऋण […]

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

२३ पुस, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरुको व्याजदर कुनै पनि हालतमा नबढ्ने बताएकी छन् । सहकारी सञ्चालकहरुले व्याजदर बढाउन सहकारी विभागलाई दबाव दिइरहेका बेला मन्त्री श्रेष्ठले सहकारी संस्थाहरुको व्याजदर अब नबढ्ने तर घट्न सक्ने बताएकी हुन् । ‘सहकारी संस्थाहरुको व्याजदर बढ्छ तर घट्न जान्दै, यसकारण अहिले व्याजदर […]

सहकारीको व्याजदर तत्काल नबढ्ने

बैंक तथा वित्तीय संस्थाहरूले व्याजदर बढेको भन्दै सहकारीमा पनि सन्दर्भ व्याजदर बढाउन संचालकहरूले दबाब दिए पनि तत्काल नबढ्ने भएको छ ।सन्दर्भ व्याजदर पुनरावलोकन गर्नका लागि बुधबार राखिएको बैठक स्थगित गरिएको छ । बैठक स्थगित भएपछि तत्कालका लागि व्याजदर नबढ्ने भएको हो ।सहकारीको ऋणको व्याजदरको माथिल्लो सीमाका रूपमा कायम हुने सन्दर्भ व्याजदर निर्धारणका लागि सहकारी विभागका […]

सहकारीको व्याजदर अध्ययन गर्न उपसमिति

सहकारीको सन्दर्भ व्याजदर पुनरावलोकन गर्न सहकारी विभागले अध्ययन समिति गठन गरेको छ । बिहीबार विभागका रजिष्ट्रार झलकराम अधिकारीको संयोजकत्वमा बसेको व्याजदर निर्धारण कमिटीको बैठकले उपरजिष्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा ‘सहकारीको व्याजलर निर्धारण सुझाव उपसमिति’ गठन गरेको हो । उपसमितिले बजारको अवस्था अध्ययन गरेर सन्दर्भ व्याजदर निर्धारणसम्बन्धी मापदण्डका लागि समेत सुझाव दिनेछ । बिहीबारको बैठकमा सन्दर्भ व्याजदर बढाउन दबाब भए पनि अर्को बैठक बस्ने गरी टुंगिएको छ । बैठकमा सहकारी अभियानले सहकारीको सन्दर्भ व्याजदर १७...

सहकारीको व्याजदर बढ्दैन : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण पद्मा अर्यालले सहकारीको व्याजदर नियन्त्रणभित्र रहेको दावी गरेकी छिन् । व्यवस्थापिका संसदमा मन्त्रालयको विनियोजन विधेयक माथि भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री अर्यालले सहकारीको व्याजदरलाई नियमन गर्नका लागि सहकारी ऐनमा ६ प्रतिशत स्प्रेडदर तोकिएको जानकारी दिइन् । सहकारी ऐन २०७४ मा सहकारी संस्थाहरुले निक्षेप र कर्जा ब्याजदर बीचको अन्तर (स्प्रेडदर) ६ प्रतिशत भन्दा बढी नहुने व्यवस्था गरिएको छ । यसैगरी सहकारी संस्थाहरुले ऋणमा अधिकतम १६ प्रतिशतसम्म व्याजदर लिन पाउने गरी सन्दर्भ व्याजदर पनि तोकिएको छ ।

Karobar National Economic Daily

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सहकारीको व्याजदर बैंक तथा वित्तीय संस्थाको भन्दा कम हुनुपर्ने बताएका छन् । सहकारी संस्थाहरु सदस्यको हितका लागि सञ्चालन हुनुपर्ने उल्लेख गर्दै बढी व्याजदर लिनु गलत भएको उल्लेख गरे ।“सहकारी संस्थाले आफूलाई बैंक हो भनेर बुझ्न हुँदैन” नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव […]