कांग्रेस रुपन्देहीका क्षेत्रीय सभापति लम्सालले गरे पार्टी परित्याग

बुटवल : नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टी परित्याग गरेका छन्। शुक्रवार जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर राजीनामा बुझाएका उनले स्थानीय तह निर्वाचनका सन्दर्भमा पार्टी नेतृत्वले कार्यकर्ताको भावना र विधान विपरीत एकलौटी निर्णय गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेका छन्।…

सम्बन्धित सामग्री

विभिन्न पार्टी छाडेर भित्रिएकालाई कांग्रेसले दियो जिम्मेवारी

जनकपुरधाम : नेपाली कांग्रेस मधेश प्रदेश समितिले विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेकाहरुलाई प्रदेश र जिल्ला समितिको जिम्मेवारी तोकेका छन्।बिहीबार कांग्रेसका मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले जारी गरेको विज्ञप्तिमा कांग्रेस प्रवेश गरि प्रदेश सांसदसमेत जितेका जसपाका तत्कालीन मधेश प्रदेश उपाध्यक्ष शेषनारायण यादवलाई प्रदेश समिति सदस्यमा मनोनयन गरे।प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस भित्रिएर उनी हाल धनुषा निर्वाचन क्षेत्र ४ को १ बाट प्रदेश सांसदमा निर्व

कांग्रेस तनहुँका जिल्ला सदस्यसहित २ जनाले गरे पार्टी परित्याग

पोखरा । नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य र गाउँपालिका सभापतिले पार्टी परित्याग गरेका छन् । नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य केशवनाथ खनाल र आबुखैरेनी गाउँपालिकाका सभापति विष्णुबहादुर पन्थ बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टीमा सिद्धान्तभन्दा पनि व्यक्तिवाद हाबी भएको आरोप लगाउँदै खनाल र पन्थले पार्टी परित्यागको घोषणा गरेका हुन् । […]

टिकट नपाएपछि कांग्रेस नेता अजय कुमार द्विवेदीले दिए स्वतन्त्र रुपमा उम्मेदवारी

वीरगंज : नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति अजय कुमार द्विवेदीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टी परित्याग गर्दै पर्सा १ बाट द्विवेदीले प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्। कांग्रेसको पारिवारिक पृष्ठभूमि रहेका द्विवेदीले लोसपा नेता लक्षमणलाल कर्णलाई सत्तारुढ गठबन्धनले टिकट दिएपछि आफू स्वतन्त्रमा उठ्ने निर्णयमा…

डाेटी : माओवादीका वडाध्यक्ष उम्मेदवार कांग्रेस प्रवेश

डोटी – डोटीमा नेकपा माओवादी केन्द्रबाट शिखर नगरपालिका ११ को अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका शेरबहादुर बलायरले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । वडाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी प्रचारप्रसार समेत गरिसक्नभएका बलायरले आज बुधवार माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएको हो । बलायरलाई पूर्वमन्त्रीसमेत रहनुभएका कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टी प्रवेश गराउनुभएको हो । शेरबहादुर माओवादीको वडा कमिटी अध्यक्षसमेत हुनुहुन्थ्यो ।  माओवादीले सत्ता, सरकार,...

सिद्धार्थनगरका वडाध्यक्षसहित तीन जनाले छोडे कांग्रेस

बुटवल – पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै वडाध्यक्षसहित सिद्धार्थनगरका तीन कांग्रेस कार्यकर्ताले पार्टी त्यागेका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर नगरपालिका-७ मा वडाअध्यक्ष बनेका भीमसेन कर्माचार्यसहित तीन कार्यकर्ताले पार्टी त्यागेका हुन् । पार्टी परित्याग गर्नेमा कांग्रेस वडा नम्बर ७ का सभापति भविलाल पौडेल र वडा सचिव अमृत कर्माचार्य समेत छन् । कांग्रेस सिद्धार्थनगर सभापति कोशिषबहादुर […]

कांग्रेस सभापतिबाट पार्टी परित्याग, समाजवादीबाट उपाध्यक्षमा उम्मेदवारी

दैलेख : नेपाली कांग्रेस नौमूले गाउँ कार्यसमिति सभापति गंग बहादुर शाहीले पार्टी परित्याग गरेका छन्।यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटमा असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।आज सोमवार शाहीले एक विज्ञप्ति जारी गदै भनेका छन्, ‘वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्दा पार्टीमा योगदान गरेका नेता कार्यकर्ताको अवमूल्यन गर्दै पैसावाल सीमित दलाल, ठेकेदार तथा भ्रष्टहरूलाई टिकट बिक्री गर्ने पार्टीका केही दलाल नेताहरूका विरुद्ध घोर आ

कांग्रेस छाडेकी रुना झा एमालेबाट बनिन् जनकपुर उपमेयरको उम्मेदवार

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेस जनकपुरबाट उपमेयरमा टिकट नपाएपछि पार्टी परित्याग गरेकी रुना झालाई नेकपा एमालेले उपमेयरको उम्मेदवार बनाएको छ । कांग्रेसले उपमेयरमा किशोरी साहलाई उम्मेदवार बनाएको छ । कांग्रेस प्रदेश समिति सदस्य समेत रहेकी झालाई एमाले नेतृ जुली महतोले पार्टी प्रवेश गराएकी हुन् । गठबन्धनले मेयर जसपालाई दिने भनेपछि नगर सभापति मनोज साहले पनि […]

जनकपुरमा तितरबितर बन्दै कांग्रेस

जनकपुरधाम उपमहानगरपालिकाको नेपाली कांग्रेस नगर सभापति मनोज साहले पार्टी परित्याग गरेका छन्।

मेयरको उम्मेदवार हुन नपाएपछि जनकपुर कांग्रेस सभापतिद्धारा पार्टी परित्याग

काठमाडौं, ९ बैशाख । सत्ता साझेदार पाँच दलिय गठबन्धनले गरेको भागवण्डामा असन्तुष्टि जनाउँदै कांग्रेस जनकपुर उपमहानगरका सभापति मनोज साहले कांग्रेस छाडेको घोषणा गरेका छन् । गठबन्धनको निर्णय अनुसार जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टीले पाएपछि कांग्रेस नगर सभापति साहलगायतले असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन गर्दै पार्टी छाडेको घोषणा गरेका हुन् । उनी उपसभापति विमलेन्द्र निधि समुहबाट मेयरका […]

रुपन्देहीका कांग्रेस नेता जसपा प्रवेश, मेयर उम्मेदवार बन्दै

रुपन्देही, ९ बैशाख । नेपाली कांग्रेस रुपन्देहीका नेता मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) बाट मेयरको उम्मेदवार बन्ने भएका छन् । कांग्रेसको पुर्व क्षेत्रिय सभापति समेत रहेका नेता यादव मेयरको टिकट नपाएपछि असन्तुष्ट भएपश्चात पार्टी परित्याग गरेका हुन् । उनलाई यादवलाई लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सहसराम यादवले पार्टी प्रवेश गराएका हुन् । कांग्रेसबाट […]