मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतम बुद्ध विमानस्थल’ निर्माण सम्पन्न भएको छ । सन् २०१५ बाट निर्माण थालिएको विमानस्थल तोकिएको समयभन्दा करिब तीन वर्ष ढिला गरी हालै सम्पन्न भएको हो । विमानस्थल नेपालको राष्ट्रिय गौरवको आयोजना हो । भौतिक तथा प्राविधिक पक्षका सबै काम सकिएपछि अहिले विमानस्थल परीक्षण उडानको पर्खाइमा रहेको आयोजनाका अधिकारीहरूले जानकारी दिएका छन् ।तीन किलोमिटर लम्बाइ र ४५ मिटर चौडाइ ‘रन वे’ भएको विमानस्थलको आइसीबी–१ र आइसीबी–२ अन्तर्गतको