अफगानिस्तानमा तालिबान सरकारका उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बारादरले अमेरिकाको कठोर आलोचना गरेका छन् ।
अफगानिस्तानको बैंकिङ सम्पत्ति रोक्का गर्ने अमेरिकाको निर्णयमा विश्वले मौनता कायम गरेकोमा उनले निन्दा गरे । देशमा आर्थिक संकट बढिरहेको बेलामा संसार चुप भएको उनले बताए ।
काबुलमा पत्रकारहरूसँग कुरा गर्दै बारादरले अफगानिस्तानमा आर्थिक कठिनाइ बढिरहेको र आर्थिक चुनौतीले क्षेत्र र संसारलाई नै प्रभावित पार्ने बताए ।
अफगानिस्तानसँग अमेरिकाले अन्य देशसँग जस्तै सम्बन्ध हुनुपर्ने उनको भनाइ छ ।
अफगानि...