लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफलमा विपक्षी दलका धेरैजसो सांसदहरुले बजेटको आलोचना गरेका छन् । प्रदेशसभाको मंगलबार बसेको बैठकमा विपक्षी सांसदहरुले बजेटले लक्ष्य प्राप्त गर्न नसक्ने जिकिर गरे ।एमाले सांसद तुलसी चौधरीले सरकारले आर्थिक सङ्कटतिर मुलुक गएको बेला फजुल खर्च घटाउने गरी बजेट आउनुपर्नेमा त्यसको उल्टो भएको बताए । बैजनाथ चौधरीले आर्थिक मामिला मन्त्रालयले बजेट खर्च गर्न नसकेको टिप्पणी गरे । चालु आर्थिक वर्ष पुँजीगत खर्च ४४/४५ प्रतिशतमात्र भएको भन्दै