काठमाडौं, ७ जेठ । स्थानीय चुनावमा नेपाली काँग्रेसले ३०६ पालिका जितिसकेको छ । विराटनगर महानगरपालिकासहित काँग्रेसले देशका मुख्य उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा प्रमुख पदमा जित हासिल गरेको छ । काँग्रेस ललितपुर महानगरपालिकासहित १९ पालिकामा अगाडि छ । यो संख्या २०७४ मा जितेको पालिकाभन्दा बढी हो । नेकपा एमाले २ सय पालिका नघाउने सम्भावनासहित बढिरहेको छ […]