काठमाडौँ। प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ सर्वसम्मतिले पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, खानेपानीमन्त्री उमाकान्त चौधरीले ‘खानेपानी तथा सरसफाइ […]