काठमाण्डाै – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनु वर्तमान सरकारको अधिकार भएको तर पूरा गर्न नदिइएपछि चुनावमा जान लागिएको स्पष्ट गर्नुभएको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनमाथिको साेमवारकाे बहसमा उहाँले संविधानमा यो विषय पनि हेर्न इजलासलाई आग्रह गर्नुभयो ।
प्रतिनिधि सभा विघटनविरुद्धकाे रिट निवेदनमाथि चौधौँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै सरकारका प्रमुख कानुनी सल्लाहकार खरेलले प्रधानमन्त्रीसँग बहुमत भएकाले पाँच वर्षको कार्यकाल भए पनि चुनावमा ...