मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भावी प्रधानमन्त्रीकारुपमा पार्टी अध्यक्ष केपी ओलीलाई अघि सार्दै चुनावी अभियानन चलाउने भएको छ । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा लिएर चुनावमा जाने निर्णय गरेको हो । बैठकमा उपमहासचिव प्रदिप ज्ञवालीले प्रस्तावहरु सुनाउदै अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्नुभएको …