ब्राजिल कतारमा जारी विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ। नेपाली समयअनुसार सोमबार राति भएको खेलमा स्विट्जरल्याण्डलाई १–० ले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो ।ब्राजिलको जितका लागि कासिमिरोले खेलको ८३ औँ मिनेटमा निर्णायक गोल गरे। यो जितसँगै ब्राजिलले २ खेलमा २ जितसहित ६ अंक जोडेको छ ।समूह ‘जी’ को ब्राजिल शीर्ष स्थानमा छ। स्विट्जरल्याण्ड दुई खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ।