काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा राजनीति दलहरू दर्ता हुँदैमा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सुनिश्चित भयो भन्न नमिल्ने बताएका छन्। मंगलबार राति सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणीका क्रम उनलेे यस्तो तर्क गरेका हुन्। एमालेले लोकतन्त्रलाई जीवन पद्धतिकै रूपमा अघि बढाउने नीतिअनुसार निर्वाचन आयोगमा नियमित रूपमा दल दर्ता गर्दै आएको […]
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा एकता तथा सहकार्यका लागि विभिन्न व्यक्ति र समूह तथा दलसँग भएको छलफलबारे ब्रिफिङ भएको छ। एकता तथा ध्रुवीकरणको जिम्मा पाएको उपसभापति डा स्वर्णिम वाग्लले मंगलबारको सचिवालय बैठकमा ब्रिफिङ गरेका हुन्। यी हुन् रास्वपा सचिवालय बैठकका निर्णयहरु १. विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट […]
वेस्ट भर्जिनियाका रिपब्लिकन सिनेटर जिम जस्टिस र उनकी पत्नी क्याथी जस्टिसले सन् २००९ देखि तिर्न बाँकी संघीय आयकरको रूपमा आईआरएसलाई ५ मिलियन डलरभन्दा बढी तिर्न सहमति जनाएका छन्। सोमबार दर्ता भएको अदालतको अभिलेख अनुसार डिपार्टमेन्ट अफ जस्टिसले मुद्दा दायर गरेपछि उनीहरूले ५ मिलियन डलर कर तिर्न सहमति जनाएका हुन् । अदालतमा दायर उजुरी अनुसार आईआरएसका […]
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले निजामती क्षेत्रमा मुख्यसचिव एकनारायण अर्यालले दिएको योगदान अनुकरणीय रहेको बताएकी छन्। बुधबारदेखि अनिवार्य अवकाशमा जान लागेका मुख्यसचिव अर्यालको बिदाइका लागि सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन्। अर्यालको मिहिनेत, समर्पण र प्रशासनिक नेतृत्व उच्च उदाहरणका रूपमा स्थापित भएको उनको भनाइ छ।