काठमाण्डाै – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा एपीएफ विजयी भएको छ । लामाचौर खेल मैदान गोस्टेघाटमा भएको समूह ‘बी’ अन्तरगतको खेलमा एपीएफले मधेस प्रदेशलाई ६–० गोलअन्तरले हराएको हो ।
पहिलो हाफ अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा १–० को अग्रता लिएको भए पनि दोस्रो हाफमा थप ५ गोल गर्न सफल रह्यो । खेलको १२ औं मिनेटमा मधेस प्रदेशका रितिक खडकाले दोस्रो बार च्याप्दै प्रहार गरेको फ्रिकिकमा एपीएफका कप्तान टोपबहादुर विष्ट बाधक बन्दा मधेस अग्रता लिनबाट चुक्यो । खेलको २२ औं मि...