हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्य पदमा प्रदेशका दुई पूर्वमन्त्री प्रतिस्पर्धारत छन् । नेकपा एमालेबाट पूर्व मन्त्री दल रावल र नेकपा माओवादी केन्द्रबाट पूर्व मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) बीच प्रतिस्पर्धा हुने देखिन्छ ।लामालाई गठबन्धनको साथ हुँदा रावललाई संघर्ष गर्नुपर्ने देखिन्छ । हुम्लामा दलभन्दा व्यक्तित्वलाई प्राथमिकता दिने गरिन्छ । जसले गर्दा चुनावी प्रतिस्पर्धा रोचक हुन्छ । लामा समुदायमा बलिया मानिएका छक्कबहादुर लामा एमालेबाट प्रदेशसभा (ख) का उम्मेदवार छन् । कार्चेन पनि कर्णाली