मनसुनी वायुको प्रभावले शनिबार काठमाडौँ उपत्यका लगायत मुलुकका अधिकांश स्थानहरुमा बर्षा भएको छ । शुक्रबार साँझदेखि नै काठमाडौ लगायत मुलुकका कतिपय स्थानमा भारी बर्षा भएको हो भने केही स्थानमा हल्का बर्षा भएको थियो । बर्षासँगै भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ । त्यसैगरी मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पनि पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन् । विशेष गरेर खोला किनारमा बसोबास गरेका सुकुम्बासी बस्तीभित्र पानी पस्ने खतरा बढेको हो ।त्यसैगरी, काठमाडौको बागमती, वि