काठमाण्डाै - सोलुखुम्बुको पेकर्नास र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ ।
सोलुखोला साल्मेमा पानीको सतहले सतर्कता पार गरेको र अझै बढिरहेकोले सोलु खोलाको दूधकोसी दोभानसम्मको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 28, 2022
आज दिनभरजसो नै पानी पर्ने अनुमान गरिएको छ । यस्तै, राति पनि पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।