पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता हुनेक्रम बढ्दो छ ।
लगानीमैत्री वातावरण भएका कारण पछिल्लो समय यो प्रदेशमा उद्योग दर्ता हुने क्रम बढेको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार हालसम्म प्रदेशभरि ३६ हजार १४५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी सेवामूलक उद्योग छन् ।
हालसम्म सुदूरपश्चिम प्रदेशमा ११ हजार २२६ वटा सेवामूलक उद्योग दर्ता भएका छन् । कृषि र वनमा आधारित उद्योगको संख्या ८ हजार ६७२, ऊर्जामूलक ६ हजार ३८५, उत्पादनमूलक ५ हजार ६१३, पर्यटनका ४ हजार १८ र निर्माणसम्बन्धी २३१ उद्योग दर्...