सिन्धुपाल्चोकको मेलम्ची खोलामा भीषण बाढी आएको छ । शुक्रबार साँझ साढे ८ बजेदेखि खोलाको बहाव बढ्दै गएको मेलम्ची प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए । प्रहरीले त्यस आसपासका जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।वर्षा सामान्य भएपनि बाढीको बहाव बढी मात्रामा आएको उनको भनाई छ । प्रहरी निरीक्षक राईले भने–‘हिजो अस्तिको भन्दा केही बढी मात्रामा बाढी आएपनि पहिलो दिनको भन्दा अलि कम छ । मेलम्ची क्षेत्रमा पानी खास