देहरादून : भारतको उत्तराखण्डमा शुक्रवार आएको भीषण वर्षाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ। यसैगरी २४ जना सिकिस्त रहेका छन्।राज्य आपदा मोचन बलको टोलीले वागेश्वर जिल्लाको पिंडारी र काफनी ग्लेशियरमा फसेका ६५ पर्यटकको उद्धार गरेको छ।बुधबारदेखि लगातार तीन दिनसम्म भएको भीषण वर्षाले उत्तराखण्डको कुमाउँ क्षेत्र सर्वाधिक प्रभावित भएको छ। यहाँ करिब २ अर्बभन्दा बढीको क्षति भएको बताइएको छ।यसैगरी बागेश्वरमा फसेका ट्रेकिङ दलका ६ सदस्यको खोजीका लागि तयार राखिएका हेलिकोप्टर खराब मौसमका कारण उड्न सकेका छैनन्।म