इलाम : ४० वर्ष भारतीय जेलमा बिताएका इलामको माई नगरपालिका-१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाले क्षतिपूर्ति रकम पाउने भएका छन्। कलकत्ता उच्च अदालतले ४० वर्षसम्म बिना सुनुवाइ भारतीय जेलमा राखिएका इलाम लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपुर्ति दिन बुधबार आदेश दिएको हो। न्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षी भारद्वजको संयुक्त इजलासले बुधबार तिम्सिनालाई आठ लाख (पाँच लाख भारतीय रुपैयाँ) तत्काल क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ। उच्च अदालतले उक्त रकम ६ साताभित