कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत् आयोजनामा शेयर लगानी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सरकारको जनताको जलविद्युत् (सञ्चालन र व्यवस्थापन) कार्यविधि २०७५ बमोजिम जगदुल्लामा रु ११ करोड ७१ लाख ५० हजार तथा अपर पराजुलीमा रु पाँच करोड शेयर लगानी गर्ने निर्णय गरेको हो ।यी दुवै आयोजनाका प्रवर्द्धक कम्पनीले शेयर खरिदका लागि प्रदेश सरकारसमक्ष आग्रह गर्दै आएका थिए । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त