उपप्रधानमन्त्रीमा पौडेल समूहको दावी

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारमा आफ्नो समूहबाट उपप्रधानमन्त्री पाउनुपर्ने दावी गरेको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएको भोलिपल्ट सोमबार महाराजगञ्जस्थित महामन्त्री डा. शशांक कोइराला निवासमा भएको पौडेल पक्षको बैठकमा नेताहरुले पार्टीभित्रको शक्ति सन्तुलनका लागि उपप्रधानमन्त्री आफ्नो समूहले पाउनुपर्ने धारणा राखेका थिए । ‘एकातिर गठबन्धन सरकार […]

सम्बन्धित सामग्री

श्रीलंका छिट्टै आर्थिक संकटबाट मुक्त हुने राष्ट्रपतिकाे दावी

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सन् २०२६ सम्ममा आफ्नो देश आर्थिक संकटको अवस्थाबाट मुक्त हुने दावी गरेका छन्। आफ्नो सरकारको भावी नीतिका बारेमा संसदलाई सम्बोधन गर्दै विक्रमासिंघेले विभिन्न समूहको चुनौतीका बावजुद कर सुधार कार्यक्रम अघि बढाउने बताए। ‘म राष्ट्रको हितका लागि अलोकप्रिय निर्णय गर्न तयार छु। जनताले ती निर्णयको महत्त्व दुई-तीन वर्षमा महसुस गर्नेछन्’, उनले भने। […]

रेड सी नजिकै गठबन्धनले ड्रोन आक्रमण गरेको हुथी समूहको दावी

साना, यमन, पुस १३ । यमनमा जारी युद्धविरामलाई भङ्ग गर्दै रेड सीको किनार ड्रोन आक्रमण गरेको यमनी विद्रोही समूहले बुधबार जनाएको छ । यमनको हुथी लडाकू समूहले साउदी नेतृत्वको गठबन्धनले यमनको रेड सीको किनारामा रहेको बन्दरगाह शहर होदेइदामा पछिल्लो २४ घण्टामा छ वटा ड्रोन आक्रमण गरेको हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टिभीले विद्रोहीको उच्च स्रोतलाई उद्धृत […]

देउवाले विगतजस्तै पार्टी चलाए सशक्त प्रतिवाद गर्ने कोइरालाको चेतावनी

आफूले सभापतिमा भएको पराजयबाट कुनै कुण्ठा नलिएको भन्दै उनले महाधिवेशनबाट आफ्ना विचार समूहको विचारको जीत भएको दावी समेत गरे।...

माधव नेपाल समूहको बैठक : केन्द्रीय सदस्यको उपस्थिति बढ्दै

नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठकमा सहभागी हुने केन्द्रीय समिति सदस्य संख्या बढेको दावी गरिएको छ । बैठकमा सहभागी एक नेताले बिहीबारको तुलनामा ७ जना केन्द्रीय सदस्य आजको बैठकमा थपिएको बताए । बैठकस्थलमा राखिएको उपस्थिति माइन्युटमा ७७ जनाको हस्ताक्षर रहेको छ भने स्थायी कमिटी सदस्य समेत रहेका सुरेन्द्र पाण्डे र भीम आचार्य आजको बैठकमा सहभागी भएका छन् । हिजो ७० जनाको सहभागिता रहेको बताइएको थियो । हिजो आचार्य स्थायी कमिटी बैठकमा सहभागी भएपनि केन्द्रीय कमिटीमा सहभागी भएका थिए

जसपाको दुबै समूहको दावी अस्वीकार

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै (महन्थ–उपेन्द्र) समूहले पदाधिकारी निष्काशन र सोको अद्यावधिक गर्ने विषयमा गरेको माग दावीलाई अस्वीकार गरेको छ । आयोगको आइतबारको बैठकले राजनीतिक दलसम्वन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दुवै समूहको मागदावीअनुसार दल अद्यावधिक गर्न नमिल्ने निर्णय सुनाएको हो । एउटै दलका एक अर्काे अध्यक्षबाट पदाधिकारीलार्ई पार्टीका सदस्यसमेत नरहने …

नेपाल समूहको राष्ट्रिय भेला : एमालेको इतिहास, संगठन र विचारमा दाबी

४ चैत, काठमाडौं । पुनस्र्थापित नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालको समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सानेपामा शुरू भएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको लिखित र मौखिक चेतावनीबीच ‘मिनी महाधिवेशन’कै झल्को दिनेगरी शुरू भएको भेलाबाट मूलतः तीन सन्देश दिने प्रयास देखियो, एमालेको इतिहास, संगठन र विचारमाथि दावी । सहभागीहरूको […]

बुटवलमा २ लाख जनता उतार्ने ओली समूहको दावी

२९ माघ, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले फागुन १ गते बुटवलमा गर्ने शक्ति प्रदर्शनसहितको आमसभामा २ लाख जनता उतार्ने दावी गरेको छ । बुटवल–७ को सिद्धेश्वर माविको मैदानमा हुने उक्त सभामा रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एकलाख गरी २ लाख जनता जुटाउने तयारी गरिएको सो समूहका प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री […]

‘जो एक पटक पनि सूर्य चिह्नबाट चुनाव लडेको छैन, उसले हाम्रो हो भनेर दावी गर्ने ?’

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले सूर्य चिह्नमा दावी गर्न नमिल्ने बताएका छन् । आफूहरू आधिकारिक भएको प्रचण्ड–नेपाल समूहको दावी सप्तरीको बरमझीयाको बाजेको पेडा पसलभन्दा पनि हद भएको टिप्पणी ओलीले गरे । ‘महासचिवले केन्द्रीय कमिटीको बैठक बोलाउनुभयो, केहीलाई टाउको दुख्यो कि पेट दुख्यो कि किन आएनन् थाहा भएन, पछाडि थाहा भयो निर्वाचन आयोग पुगेका रहेछन् असली पार्टी हामी हौं, सूर्य चिह्न हाम्रै हुनुपर्छ भनेर । बरमझीयामा असली मै ...

प्रचण्ड-नेपाल पक्षको निवेदन निर्वाचन आयोगले फिर्ता गरेको ओलीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी केपी शर्मा ओलीले नेकपामा आएको विवादपछि आधिकारिकताका लागि प्रचण्ड–माधव नेपाल पक्षले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाइदिएको दावी गरेका छन् ।शुक्रबार प्रवासी नेपाली मन्चका कार्यकर्तालाई जुममार्फत सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सूर्य चिन्ह र नेकपा पनि आफ्नै समूहको हुने दावी गरे । ‘उहाँहरु सूर्य चिन्ह पाउँ भनेर निर्वाचन आयोगमा जानुभएको थियो,आयोगले निवेदनको रित नपेगेको, कानुन उल्लेख नभएको, फिर्ता पठाएको छ हिजो’ ओलीको भनाइ थियो ।