प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले सूर्य चिह्नमा दावी गर्न नमिल्ने बताएका छन् ।
आफूहरू आधिकारिक भएको प्रचण्ड–नेपाल समूहको दावी सप्तरीको बरमझीयाको बाजेको पेडा पसलभन्दा पनि हद भएको टिप्पणी ओलीले गरे ।
‘महासचिवले केन्द्रीय कमिटीको बैठक बोलाउनुभयो, केहीलाई टाउको दुख्यो कि पेट दुख्यो कि किन आएनन् थाहा भएन, पछाडि थाहा भयो निर्वाचन आयोग पुगेका रहेछन् असली पार्टी हामी हौं, सूर्य चिह्न हाम्रै हुनुपर्छ भनेर । बरमझीयामा असली मै ...