श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सन् २०२६ सम्ममा आफ्नो देश आर्थिक संकटको अवस्थाबाट मुक्त हुने दावी गरेका छन्। आफ्नो सरकारको भावी नीतिका बारेमा संसदलाई सम्बोधन गर्दै विक्रमासिंघेले विभिन्न समूहको चुनौतीका बावजुद कर सुधार कार्यक्रम अघि बढाउने बताए। ‘म राष्ट्रको हितका लागि अलोकप्रिय निर्णय गर्न तयार छु। जनताले ती निर्णयको महत्त्व दुई-तीन वर्षमा महसुस गर्नेछन्’, उनले भने। […]