अवैध मानिएको अफिम खेती रोल्पामा ठूलो मात्रामा फेला परेको छ । जिल्लाको थबाङ गाउँपालिका–४, को मालागिरी, जुत्तर, नयाँगाउँ, गुराँसे लगायतका क्षेत्रबाट सोमबार प्रहरीले करिब २१० रोपनीमा लगाइएको अवैध अफिम खेती...
वीरगञ्ज – प्रहरीले बारामा एक कठ्ठा जग्गामा लगाइएको अफिम खेती फडानी गरी नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रआदर्श, बाराबाट खटिएको प्रहरी टोलीले आदर्शकोतवाल गाउँपालिकामा लगाइएको अफिम खेती फडानी गरी नष्ट गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। गाउँपालिकाको वडा नं.७ स्थित लौकाहा टोलमा लगाइएको अफिम खेती नष्ट गरिएको उनले बताए।
रोल्पा जिल्लाको प्रहरी लुकिछिपी गरिएको विभिन्न स्थानको अफिम खेती नष्ट गर्ने अभियानमा जुटेको छ । सोमबार पनि प्रहरीले गोप्य सूचनाको आधारमा थबाङ्ग गाउँपालिकका–४, मलागिरि, जुत्तर र गुराँसे बन लगायतका स्थानमा करिब २१० रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी निरीक्षक लक्ष्मण वलीको कमाण्डमा ईप्रका पोवाङ्ग, ईप्रका उवा र ईप्रका थवाङ्गबाट खटिएको २६ जनाको प्रहरी टोलीले उत्त अवैध लागुपदार्थ अफिम खेती नष्ट गरेको हो । उक्त स्थान जिल्ला
रोल्पा प्रहरीले ठूलो परिमाणमा लागुऔषध अफिम नष्ट गरेको छ। परिवर्तन गाउँपालिका वडा नं. ४ सिजाखोला स्थित जंगलको बीच भागमा करिब आठ/नौ कठ्ठा क्षेत्रफलमा खेती गरिएको लागुऔषध अफिम नष्ट गरिएको प्रहरीले बताएको छ।...
धादिङ– धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ सिमटार, जरुङ र ब्रम्दी क्षेत्रमा लगाइएको अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । करिब ३ सय रोपनी जग्गामा लगाइएको अफिम बिहीबार नष्ट गरिएको प्रहरीले जनाएको हो । जिल्ला सुरक्षा समितिको बुधबारको निर्णयअनुसार ‘वस्ती वस्तीमा संयुक्त गस्ती’ अभियानअन्तर्गत अफिम नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय धादिङ, ईलाका प्रहरी […]
२० फागुन, धादिङ । बेनिघाट रोराङ गाउँपालिका-१ सिमटार, जरुङ र ब्रम्दी लगायत क्षेत्रमा लगाइएको अफिम खेति प्रहरीले नष्ट गरेको छ । प्रहरीका अनुसार करिब ३०० रोपनी जग्गामा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार फडानी गरी नष्ट गरिएको हो । जिल्ला सुरक्षा समितिको बुधबारको निर्णय अनुसार ‘बस्ती-बस्तीमा संयुक्त गस्ती’ अभियान अन्तर्गत प्रहरी र सशस्त्र प्रहरीको संयुक्त […]
जिल्ला प्रशासन कार्यालय धादिङले अफिम तथा गाँजा नष्ट गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयले धादिङको गजुरीमा ३ सय रोपनीमा क्षेत्रमा फैलिएको अफिम र बारीमा लुकाइ राखेको ५० कि ग्रा गाँजा नष्ट गरिएको हो ।प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालका अनुसार बस्तिमा संसयुक्त गस्ती अभियान अन्तर्गत प्रहरीले अफिम र गाँजा नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालयले धादिङले अफिम तथा गाँजा नष्ट गर्न अभियान नै चलाएको छ ।
नलगाड नगरपालिकामा प्रहरीले अफिम खेती नष्ट गरेको छ । नलगाड–२ नहकुलीमा चार रोपनी, वडा नं ३ काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे आठ रोपनी, द्वारेमा आठ रोपनी, वडा नं ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा सात रोपनी, किटालेखमा साढे छ रोपनी र गर्छिनामा साढे ११...
नलगाड नगरपालिकामा प्रहरीले अफिम खेती नष्ट गरेको छ । नलगाड–२ नहकुलीमा चार रोपनी, वडा नं ३ काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे आठ रोपनी, द्वारेमा आठ रोपनी, वडा नं ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा सात रोपनी, किटालेखमा साढे छ रोपनी र गर्छिनामा साढे ११ रोपनीमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले कानूनले प्रतिबन्ध गरेको अफिम खेती नष्ट गर्न प्रहरीले चार दिनको अभियान चलाएको र यसबारेमा थप अनुसन्धान गर्ने काम भइरहेको बताए ।&nbs
मकवानपुर प्रहरीले गाँजा र अफिम खेती फडानीको अभियान नै थालेको छ।
यसक्रममा बिहीबार प्रहरीले सात बिगाहा जग्गामा लगाइएको गाँजा, १३ बिगाहा अफिम खेती फडानी गरी नष्ट गरेको छ।