घाइते नगर प्रहरीले सुकुम्बासीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिने

१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीले थापथलीमा सुकुम्बासी बस्ती हटाउन जाँदा आक्रमण गर्ने १८ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिने भएको छ । काठमाडौं महानगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरीय प्रहरी परिसर टेकुमा घाइते नगर प्रहरीहरुले किटानी जाहेरी दर्ता गर्न लागेका हुन् । अर्याल भन्छन्, ‘आज घाइतेहरुको तर्फबाट प्रतिकार गर्नेहरुको नाम […]

सम्बन्धित सामग्री

वडाध्यक्षमाथि कुटपिट गर्ने ८ जना विरुद्ध जाहेरी

भीमदत्त नगरपालिका १८ का वडाध्यक्षमाथि कुटपिट गर्ने ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएको छ । घाइते वडाध्यक्ष रविन्द्र देवकोटाकी आमा कमलाले दिएको जाहेरी आइतबार दर्ता भएको हो ।

तिनपिप्ले घटना : टिप्पर धनीसहित ५ विरुद्ध ज्यान मुद्दा दर्ता

काठमाडौँको तारकेश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा ज्यान गुमाएका २१ वर्षीय सविन फुँयालको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता गरिएको छ । टिप्पर धनी सहित ५ जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए ।टिप्परको ठक्करबाट घाइते भएका सविनको मङ्सिर २५ मा राति मृत्यु भएको थियो । बा ५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दिए पनि उनलाई चालक, टिप्पर धनी र बालुवा डिपोका कामदार मिलेर हत्या गरेको पीडित पक्षले आरोप लगाए

सुकुम्बासी प्रकरण : नगप्रहरीमाथि ढुंगामुढा गर्ने विरुद्ध किटानी जाहेरी

काठमाडौँ- काठमाडौं महानगरका प्रहरीमाथि ढुंगामुढा गर्ने विरुद्ध अनुसन्धान गर्न किटानी जाहेरी दिने भएको छ। काठमाडौं महानगरले किटानी जाहेरीसहित कारबाहीको अनुरोध गरेको महानगर प्रहरी उपरीक्षक (एसपी) दिनेशकुमार अर्यालले बताएका छन्। उनका अनुसार बुधबार महानगरका प्रहरीमाथि ढुंगामुढा गर्नेहरुको र घाइते भएका नगरप्रहरीहरुको नाम र उनीहरुको अवस्थाबारे खुलाएर किटानी जाहेरी दिने तयारी भएको हो। आइतबार काठमाडौं महानगरले थापाथलीको सुकुम्बासी बस्तीमा […]

सुकुम्बासीको आक्रमणबाट घाइते नगर प्रहरीले जाहेरी दिँदै

काठमाडौं, १५ मंसिर । थापाथलीको सुकुम्बासी गत सोमबार बस्ती हटाउने क्रममा स्थानीयको आक्रमणबाट घाइते भएका नगर प्रहरीले किटानी जाहेरी दिने भएका छन् । आफ्नो कर्तव्य पुरा गर्न पुगेका नगर प्रहरीमाथि आक्रमण गर्ने १८ जना सुकुम्बासीविरुद्ध नगरप्रहरीले प्रहरीमा उजुरी दिन लागेका हुन् । सुकुम्बासी नागरिकको आक्रमणबाट ३६ जना प्रहरी घाइते भएका थिए । जसमध्ये ३ जना […]

सिरहामा युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

सिरहा । सिरहा नगरपालिका–१८ इटहरीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरीमा निवासी २२ वर्षीय अजितकुमार यादव रहेको प्रहरीले जनाएको छ ।  आपसी विवादमा साढु दाइ नाता पर्ने मुनेश्वर यादवले निर्घात कुटपिट गर्दा अजितको मृत्यु भएको परिवारजनले बताएका छन् । कुटपिटबाट गम्भीर घाइते भएका अजितला...

अंश माग्ने डरले छोरीको जलाएर हत्या !

२२ असार, बुटवल । मट्टतिेल छर्केर जलाइएकी रुपन्देहीको कञ्चन गाउपालिका-५ की १६ वर्षीया किशोरीको उपचारका क्रममा ज्यान गएको छ । आफ्नै घरमा सुतेको अवस्थामा जलेर गम्भीर घाइते भएकी समीक्षा ठकुरीको उपचारका क्रममा असार २० गते ज्यान गएको हो । मृतककी आमा माया थापा ठकुरीले इलाका प्रहरी कार्यालय सालझण्डीमा शुक्रबार किटानी जाहेरी …