काठमाडौं। धनगढी एफसीका गोलकिपर किरणकुमार लिम्बु नेपाल सुपर लिगमा उत्कृष्ट गोलकिपर घोषित भए। यससँगै उनले एक लाख रूपैयाँ पुरस्कार प्राप्त गरेका छन्। किरणले प्रतियोगितामा आठमध्ये तीन खेलमा क्लिनसिट गरेको थिए। उनले सात गोल खाए। प्रतियोगिता तीन खेलमा पराजित भएको धनगढी उपविजेता बन्यो। धनगढी फाइनलमा काठमाडौं रेजर्ससँग १-० ले पराजित भयो।