सङ्क्रमितका लागि शय्या क्षमता बढाउँदै चितवनका अस्पताल

चितवन । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँका अस्पतालले शय्या क्षमता बढाउँदै लगेका छन् । सरकारी र दुई मेडिकल कलेजले कोरोना सङ्क्रमितको उपचार गर्न सो सङ्ख्या बढाउँदै लगेका हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि कोभिडका बिरामी राख्न छुट्टै वार्ड बनाउँदै छ । भरतपुर अस्पतालमा विभिन्न वार्डका बिरामीहरु स्थानान्तरण गरेर कोभिड बिरामीका लागि १५० बेड पुर्याइएको छ । अस्पतालमा कोभिडका लागि ११० मात्रै बेड थिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.जगन्नाथ तिवार

सम्बन्धित सामग्री

कैलारीमा पन्ध्र शय्या अस्पताल निर्माण अन्तिम चरणमा

गोदावरी (कैलाली), १८ फागुन । कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । कैलारीको वडा नं ५स्थित बैजपुरमा निर्माणाधीन सो अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ । अस्पताल निर्माणका लागि विसं २०७९ असार २९ मा निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माणको अवधि आगामी असारसम्म रहेको छ । […]

बिरामीको चाप बढेपछि शय्या अभाव

संखुवासभा : संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोको विरामीले अस्पताल खचाखच भरिएको छ।भाइरल ज्वरोले बिरामीको संख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेपछि प्यासेज र हलमा राख्नुपर्ने बाध्यता भएको छ। समयमा भवन निर्माण सम्पन्न नहुँदा २०३३ सालमा स्थापना भएको पुरानो भवनमा जिल्ला अस्पताल सञ्चालन हुँदै आएको छ।जिल्ला अस्पताल संखुवासभामा भाइरल ज्वरोका विरामी अत्यधिक बढेपछि शय्या अपुग भएर बाहिर प्यासेजमा समेत राखेर उपचार ग

पन्ध्र शय्या क्षमताको आँबुखैरेनी अस्पताल सञ्चालनमा

तनहुँ– जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयले पन्ध्र शय्या क्षमताको आँबुखैरेनी अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको नवनिर्मित भवन निर्माणपश्चात् साविकको वडा नं २ र ३ को कार्यालय रहेको सामुदायिक भवनलाई अस्पतालमा परिणत गरी सञ्चालनमा ल्याइएको हो । स्थानीय तहको निर्वाचनमा जनतामाझ आफूले गरेको वाचा पूरा गरेको बताउँदै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा […]

ख्वप: अस्पताल १ सय शय्या क्षमतामा स्तरोन्नति हुने

भक्तपुर– भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप: अस्पताल अब १ सय शय्या क्षमतामा स्तरोन्नति हुने भएको छ । त्यसका लागि प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत सार्वजनिक सुनुवाइ भएको छ । कार्यक्रममा सहभागीहरूले ख्वप: अस्पताललाई यथाशीघ्र सय शय्या क्षमता विस्तार गर्नु पर्ने बताएका छन् । उनीहरूले ख्वप: अस्पताललाई स्वास्थ्य सेवाको हिसाबले देशकै नमूना बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । […]

पोखरामा १०० शय्या क्षमताको आयुर्वेदिक अस्पताल बन्ने

पोखरामा १०० शय्या क्षमताको आयुर्वेदिक अस्पताल बन्ने भएको छ। अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया समेत अगाडि बढीसकेको छ।

ख्वप अस्पताल १०० शय्या क्षमताको विस्तार गर्न स्वीकृत दिन माग

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्तरोन्नतिसँगै १०० शय्या क्षमताको अस्पताल सञ्चालन गर्न स्वीकृति माग गरिएको छ । नेपाल मजदुर किसान पार्टीबाट बागमती प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, सिर्जना सैंजु, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति तथा उपप्रमुख रजनी जोशीले मुख्यमन्त्री पाण्डेसँग भेट गरी अस्पतालको शय्या विस्तार गर्न स्वीकृत माग गरेका हुन् । स्थानीय तहबाट सञ्चालित देशकै नमूना ख्वप अस्पताल १०० शय्या क्षमतामा विस्तार गर्न आज मुख्यमन्त्रीसँग अनुमति मा...

तेल्लोकमा दश शय्या अस्पताल बन्दै

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा बन्न लागेको अस्पतालको निर्माण कार्य सुरु गरिएको छ । गाउँपालिका केन्द्र तेल्लोकमा बन्ने दश शय्या क्षमताको आधारभूत अस्पतालका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएसँगै निर्माणको कार्य सुरु गरिएको हो । आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सोवर्ण/हिमालयन जेभीसँग ठेक्का सम्झौता भएसँगै निर्माणको कार्य सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

सङ्क्रमण घटेसँगै अस्पतालमा शय्या खाली

कोरोना सङ्क्रमण दर घटेसँगै बाँकेमा कोरोनाको उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका शय्या खाली भएका छन् ।      लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका २०० मध्ये ४४ शय्या खाली भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार अहिले भेरीमा १४१ बिरामी छन् । त्यसमा ३३ सिकिस्त रहेका छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेका १३० श्ययामध्ये ५२ शय्या खाली छन् । अठहत्तर बिराम...

पाल्पाका स्थानीय तहलाई अक्सिजनयुक्त शय्या बनाउन भ्याइनभ्याइ

पाल्पा : कोरोना (कोभिड-१९) महामारी फैलँदै गएपछि पाल्पास्थित स्थानीय तहका अधिकारीहरू अक्सिजनयुक्त शय्या बनाउन व्यस्त भएका छन्‌।जिल्लामा केही दिनयता कोरोना संक्रमित संख्या ह्वात्तै बढेको छ। मानवीय हताहती पनि बढिरहेको छ।अधिकांश संक्रमित होम आइसोलेसनमा छन्। गम्भीर प्रकृतिका बिरामी अस्पतालमा भर्ना भइ उपचाररत छन्। जिल्ला भित्रका अस्पतालमा शय्या र अक्सिजन अभाव हुन थालेको छ।जिल्लामा सरकार मातहतको पाल्पा अस्पताल तथा दुईवटा निजी अस्पताल (युनाइटेड मिसन अस्प

पाल्पा अस्पतालमा अक्सिजनयुक्त १५ शय्या थपिँदै

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनस्थित पाल्पा अस्पतालमा अक्सिजनयुक्त १५ शय्या थप गरिने भएको छ।कोरोना महामारी फैलिएपछि उपचार सेवा प्रभावकारी बनाउन अक्सिजनयुक्त शय्या थप गर्न लागिएको हो। अस्पतालमा अहिले ४ वटा आइसोलेसन शय्या (अक्सिजनयुक्त) छन्। अबको केही दिनमै थप १५ शय्या निर्माण गरिने छ।सबै शय्यामा अक्सिजन व्यवस्था मिलाइने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र पाण्डेले बताए। उनका अनुसार मंगलबारदेखि सामग्री ल्याउने काम सुरू भइसकेको छ।अस्पतालको एउटा कक्षमा शय्या निर्माण गरी पाइप लाइनमार्फत अ