पाल्पाका स्थानीय तहलाई अक्सिजनयुक्त शय्या बनाउन भ्याइनभ्याइ

पाल्पा : कोरोना (कोभिड-१९) महामारी फैलँदै गएपछि पाल्पास्थित स्थानीय तहका अधिकारीहरू अक्सिजनयुक्त शय्या बनाउन व्यस्त भएका छन्‌।जिल्लामा केही दिनयता कोरोना संक्रमित संख्या ह्वात्तै बढेको छ। मानवीय हताहती पनि बढिरहेको छ।अधिकांश संक्रमित होम आइसोलेसनमा छन्। गम्भीर प्रकृतिका बिरामी अस्पतालमा भर्ना भइ उपचाररत छन्। जिल्ला भित्रका अस्पतालमा शय्या र अक्सिजन अभाव हुन थालेको छ।जिल्लामा सरकार मातहतको पाल्पा अस्पताल तथा दुईवटा निजी अस्पताल (युनाइटेड मिसन अस्प