विश्व स्वास्थ्य संगठनले विश्वमा मानिसको अल्पायुमै मृत्यु हुनुमा वायु प्रदूषण प्रमुख कारकको रुपमा रहेको दाबी गरेको छ । संगठनका अनुसार वार्षिक ७० लाख मानिसको वायु प्रदूषणका कारण अल्पायुमै मृत्यु हुने गर्दछ । त्यसैगरी दक्षिणपूर्वी एसियामा २० लाख मानिसको मृत्यु वायु प्रदूषणले हुने गरेको तथ्यांकले देखाएको छ ।